टोकिया, २४ असार÷सिन्ह्वा
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रवार बिहान उनीमाथि गोली प्रहार भएको थियो ।
नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत रहेको बेला उनको निधन भएको सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको यहा“का सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उनलाई गोली लागेको ठाउ“बाट रगत बगिरहेको थियो । गोली लागेपछि उनी बेहोश अवस्थामा रहेको यहा“का मिडियाले जनाएका थिए ।
नाराको स्थानीय प्रहरीले उनलाई नजीकैको एक अस्पतालमा कोमामा राखिएको थियो । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको यहा“का मिडियाले जनाएका थिए । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जानकारी दिएको छ ।
विश्व नेताहरूद्वारा नेता आबेमाथि भएको आक्रमण निन्दा
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रवार नारा शहरमा चुनावी प्रचारका क्रममा गोली प्रहार गरिएको घटनाप्रति विश्वका नेताहरूले निन्दा गर्दै त्यसलाई अक्षम्य भनेका छन् ।
जापानका प्रधानमन्त्री फुमियों किसिदाले आबेलाई पुनर्जीवन दिन गर्न सकिने सबै काम भएको बताए । “यो आक्रमण चुनावको समयमा भएको क्रुर कार्य हो, चुनाव लोकतन्त्रको आधार हो, आक्रमण अक्षम्य छ,” आबेको निधनपछि सञ्चारकर्मीहरूलाई जानकारी दिंदै प्रधानमन्त्री फुमियोंले भने ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ताइवानका राष्ट्रपति साइ इङ वेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलवान्से, सिङ्गापुरका प्रधानमन्त्री ली सिङ लुङ, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, न्युजिल्यान्डका प्रधानमन्त्री ज्याकिन्दा आर्डेर्नले पूर्वप्रधानमन्त्री आबेको निधन शोक व्यक्त गरेका छन् ।
यसैगरी, थाइल्यान्डका उपप्रधानमन्त्री डोन प्रमोद्विने, दक्षिण कोरियाका विदेशमन्त्री पार्क जीन, इन्डोनेशियाका विदेशमन्त्री रेन्टो मार्सुदी, फिलिपिन्सका विदेशमन्त्री इनरिक मनालो, अमेरिकाका विदेशमन्त्री एन्थोनी ब्लिङकेन, रूसका विदेशमन्त्री सेर्गेइ लाभारोभले पनि उनको निधनमा दुःख व्यक्त गरेका छन् ।