घूससहित पक्राउ परेका सबइन्जिनीयरलाई पर्सा प्रहरीले मुद्दा चलाएको छ । सेवाग्राहीस“ग घूस लिंदै गरेको अवस्थामा एक लाख सत्तरी हजार नगदसहित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सबइन्जिनीयरलाई प्रहरीले पक्राउ गरी ठगी तथा आर्थिक लाभ मुद्दा चलाएको छ । सबडिभिजन वन कार्यालयको भवन निर्माणको अनुगमन तथा बिल पास गर्न सबइन्जिनीयरले घूस रकम मागेपछि प्रहरीले सुराक पाएर पक्राउ गरेको थियो । दसीसहित पक्राउ परेको व्यक्तिलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन चाहेको थियो । तर अख्तियारका अधिकारीहरूले नै उक्त मुद्दा प्रहरीले चलाउ“दा उपयुक्त हुने सुझाव दियो । पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत, पर्साबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
घटनाले नागरिकको मनोबल बढेको छ भने प्रहरीको मनोबल घट्ला कि भन्ने चिन्तो छ । कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अधिकार दुरुपयोग गरेको सम्बन्धमा कानूनबमोजिम अनुसन्धान गर्ने वा गराउने संवैधानिक जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो । अनुसन्धान गर्दा सार्वजनिक पद धारण गरेका कुनै व्यक्तिले भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर विशेष अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ । कारबाई तथा फैसला प्रमाणको आधारमा हुने हो । यसको निम्ति अख्तियारको मेहनत, लखनशीलता, दक्षता साथै नागरिक र सम्बद्ध सरकारी निकायहरूको इमानदारीपूर्ण सहयोगको खा“चो पर्छ । अख्तियारको कारबाईमा नेपाल प्रहरी अभिन्न अ· जस्तै भूमिकामा छ । आयोगको काम पक्राउ गर्नु र मुद्दा दायर गर्नु मात्रै होइन । अपराध हुनै नदिन निरोधात्मक उपायहरूको खोजी, अनुसन्धान र प्रक्रिया विकास तथा त्यससम्बन्धी जानकारी अभिवृद्धि गर्न आवश्यक प्रवद्र्धनात्मक कार्यहरू गर्नु पनि हो । नेपाल सरकारका निकायहरू र हरेक नागरिक एवं सेवाग्राही अख्तियार दुरुपयोगविरुद्ध परिचालित भइदिने हो भने आयोगको लक्ष्य र उद्देश्य सहजै प्राप्ति हुनेछ । त्यसको निम्ति सहयोगी पक्षको मनोबल उच्च गराउन प्रोत्साहन जरुरी छ ।
प्रहरीले पक्राउ गरेको दोषीलाई प्रमाणको आधारमा कारबाईको निम्ति अख्तियारले जिम्मा लिइदिएको भए राम्रो हुने थियो । यसको निम्ति जिल्ला प्रहरी कार्यालय जाहेरीकर्ता बनेर अख्तियारमा जाहेरी गर्ने र सो जाहेरीउपर अख्तियारले तहकिकात गरी मुद्दा अगाडि बढ्नुपथ्र्यो । अख्तियारले उपयुक्त ठानेमा विशेष अदालतमा मुद्दा दायर गर्ने थियो । कतिपय घटनामा तत्कालै नियन्त्रण नगरिए अपराधी उम्कने, प्रमाण लोप हुने अवस्थाहरू हुन्छन् । त्यस्तो अवस्थामा प्रहरी वा सर्वसाधारण जोसुकैले पनि प्रमाण सड्ढलन गरेको छ भने सो उपर अख्तियारले ध्यान मात्रै दिने हो भने पनि अपराधीको मनोबल खस्छ । अपराध गरेमा जोसुकैले पनि पक्राउ गर्न सक्छ भन्ने त्रास अपराधीमा हुनुपर्छ । प्रहरीले पक्राउ गर्दा मुद्दा पनि प्रहरीले नै चलाउनुपर्ने हो भने, त्यो झन्झटमा किन फस्ने ? भन्ने सोच प्रहरीमा पर्न सक्छ । धन्यवाद पाउनुपर्नेमा कामको बोझ थपिदिंदा प्रहरीको मनोबल घट्न सक्छ । जेहोस्, यस घटनाले सर्वसाधारणको मनोबल भने उच्च बनाएको छ । नागरिकको नजीकको सहयोगी प्रहरी हो । अधिकारको दुरुपयोग तथा भ्रष्टाचारविरुद्ध प्रहरीमा जानकारी गराए पनि हुने रहेछ भन्ने भावनाको विकास हुने देखिन्छ ।