भारतमा विभिन्न पर्यटकीय क्षेत्र छ, जहाँ घुमफिर गर्न सकिन्छ तर त्यहाँ बस्नको लागि जग्गा किन्न पाइँदैन । सिक्किममा घुम्न को रुचाउँदैन ? बरफले ढाकेको पहाड, मठ र सुन्दर शहरमा निश्चित अवधिसम्म बस्न सकिन्छ तर यहाँ बाहिरी मान्छेलाई सम्पत्ति किन्न अनुमति छैन ।

हिमाचल प्रदेशमा बा¥है महीना पर्यटक घुमिरहेको देख्न सकिन्छ । तर यस स्थानमा सम्पत्ति किन्न सकिंदैन । किनभने यहाँ सम्पत्ति किन्न भारत सरकारले स्वीकृति दिंदैन । पर्यटकहरूले यहाँको सुन्दरताको आनन्द मात्र लिन सक्छन् ।

अरुणाचल प्रदेश पनि पूर्वोत्तर भारतको दुर्लभ पर्यटन स्थलमध्ये एउटा हो । यहाँ पनि बाहिरी मान्छेलाई सम्पत्ति किन्ने इजाजत छैन । यहाँको मान्छेको परम्परा, संस्कृति र सौम्य व्यवहार तपाईंलाई मन परे पनि यहाँ स्थानीयबाहेक बाहिरी मान्छेले घरजग्गा किन्न सक्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here