बलिराम शुक्ला, बिरुवागुठी, १८ असार/

भूपू सैनिक बोर्डिङ स्कूल, बडनिहारका विद्यार्थीहरू हावाहुरीले भत्काएको मङ्गल तामाड्ढो घर निर्माण कार्यमा खटेका छन् ।

विद्यार्थीहरूले आफ्नो खाजाको रकमबाट पर्सागढी नगरपालिका–३ बडनिहार निवासी तामाड्ढो घर निर्माण गर्न लागेका हुन् । असार ३ गते राति आएको हावाहुरीले तामाड्ढो घर भत्काएको थियो ।

सो स्कूलमा अध्ययनरत बिहानी बाल क्लब र जुनियर रेडक्रस टीमका विद्यार्थीहरूको पहलमा घर निर्माण कार्य शुरू भएको हो ।

कक्षा १० मा अध्ययनरत क्लबका अध्यक्ष सूर्य यादवले विद्यार्थीहरू मिली खाजा खाने रकम जम्मा गरी अतिदयनीय अवस्थाबाट गुज्रिरहेका तामाड्ढो दुई कोठे घर बनाइदिन लागेको बताए । उनले घर निर्माणको लागि करीब ३५ हजार रुपैयाँको जस्तापाता खरीद गरेको र थप रकम सङ्कलन गरी घर निर्माण गर्ने बताए ।

विद्यार्थीहरूले घर निर्माणको लागि सामग्री सहयोग गर्नुका साथै श्रमदान पनि गरिरहेका छन् ।

विद्यालयका प्रअ मणिराम तामाङले विपत्मा परेकालाई विद्यार्थीहरूले गरेको सहयोगको सराहना गरे । उनले यस प्रकारको गतिविधि अन्य विद्यार्थीहरूले पनि गरेको खण्डमा समाजमा टेवा पुग्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here