प्रस, वीरगंज, १६ असार/

जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सूर्य नेपाल प्रालि मधेस प्रदेशको उत्कृष्ट प्रतिष्ठानबाट सम्मानित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्ष्Fा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवस्थापन सुरक्ष्Fा विभागले बिहीवार कार्यक्रमको आयोजना गरी मधेस प्रदेशको उत्कृष्ट प्रतिष्ठान सम्मानबाट सूर्य नेपाललाई सम्मानित गरेको हो ।

विभागले गरेको सर्भेमा मधेस प्रदेशका प्रतिष्ठानमध्ये सूर्य नेपाल व्यवस्थापनजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने प्रतिष्ठानको रूपमा सम्मानित भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्ष्Fा मन्त्रालयका सचिव एकनारायण अर्यालले सूर्य नेपाल प्रालिका इन्जिनीयर दिनेश गौडाललाई सम्मानपत्र प्रदान गरेका थिए । विभागले मधेस प्रदेशका सबै प्रतिष्ठानको व्यवस्थापनजन्य सुरक्ष्Fा तथा स्वास्थ्यसम्बन्धी सर्भे गरेको थियो । सो सर्भेमा सूर्य नेपाल उत्कृष्ट घोषित भएपछि पुरस्कृत गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here