प्रस, वीरगंज, १५ असार/
नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैदले सीमावर्ती बिहार पूर्वी चम्पारणका जिल्लापदाधिकारी शीर्षत कपिल अशोकसँग भेट गरेका छन् ।
अध्यक्ष बैद नेतृत्वको टोलीले मोतिहारीस्थित समाहरणालय कार्यालयमा जिल्लापदाधिकारीसँग भेट गरेका हुन् ।
उक्त अवसरमा रक्सौल विमानस्थल सञ्चालनसँग जोडिएका सरोकारका विषयहरूको चर्चा भएको थियो । यसैगरी रक्सौल–वीरगंज भगिनी शहरको अवधारणा, श्रीसिया नदीको स्वच्छता, सहज आवागमन, व्यापारिक कारोबारमा समन्वय, अपराध नियन्त्रण जस्ता विषयमा छलफल भएको थियो ।
जिल्लापदाधिकारी शीर्षत कपिल अशोकले आफ्नो तहबाट हुन सक्ने सहयोग गर्ने बताए ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य महासङ्घका महासचिव माधव राजपाललगायतको सहभागिता थियो ।