प्रस, वीरगंज, १२ असार/

लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतवार जिल्ला प्रहरी कार्यालय, बाराले सचेतनामूलक –याली निकालेको छ।

जिल्ला प्रहरी कार्यालय, बाराबाट निस्किएको –याली नगरपरिक्रमापछि भरतचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख विनोद साह, प्रहरी नायब उपरीक्षक राजेश थापा, सहायक प्रहरी उपरीक्षक राजेन्द्र थापा,  सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मो. सगिर, महिला तथा बालबालिका संस्था, बाराका अध्यक्ष बबिता जयसवाल, नागरिक समाज, बाराका अध्यक्ष उमेशलाल दासलगायतको सहभागिता थियो।

यसैगरी, सानो पाइलाले पनि आइतवार घण्टाघरमा लागूऔषधविरुद्ध सचेतनामूलक –याली निकालेको छ।

वीरगंजको नगरपरिक्रमापछि घण्टाघरमा आयोजित कोणसभामा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले लागूऔषधविरुद्धको अभियानमा साथ दिन सबैलाई आग्रह गरे। पर्सा जिल्ला भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएको कारण यस क्षेत्रमा लागैऔषधको ओसारपसार बढी भइरहेको उनले बताए।

कार्यक्रममा प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्ष्Fक विशाल मल्ललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here