प्रस, वीरगंज, १२ असार/
भारतीय महावाणिज्य दूतावास, वीरगंजले आजादीको अमृत महोत्सव अन्तर्गत शनिवार ‘कन्सुलर गुनासाहरूका लागि खुला मञ्च’ कार्यक्रम गरेको छ।
महावाणिज्यदूत नितेश कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरूको नियमित गैरकन्सुलर गुनासाहरू सम्बोधन गरिएको थियो। ब्रिटानिया नेपाल, हुलास स्टील उद्योगमा कार्यरत भारतीयहरूले महावाणिज्य दूतावासमा आआफ्नो गुनासा राखेका थिए।
महावाणिज्य दूतावासले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर र चितवनमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई यथाशीघ्र दूतावासमा दर्ता हुन, कुनै पनि कन्सुलर सेवा प्राप्त गर्न तथा समस्या समाधानका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
अर्को कन्सुलर गुनासाको लागि खुला मञ्च कार्यक्रम जुलाई ३० तारिखका दिन आयोजना गरिने कार्यक्रममा जानकारी गराइएको थियो।