कोलम्बो, १२ असार/सिन्ह्वा

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ।

श्रीलङ्काका लागि आयात भइआएको डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो।

सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा ऊर्जामन्त्री कञ्चन विजकेसरीले जानकारी दिएका हुन्। यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ।

बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो।

मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरूलाई प्राथमिकता दिने र अरू क्षेत्रका सवारीको इन्धन कटौती गर्ने जानकारी दिएका हुन्।

उनले कच्चा तेल अर्काे हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरेका छन्।

श्रीलङ्कामा आर्थिक मन्दी छाएको छ, जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here