प्रस, वीरगंज, ११ असार/
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मधेस प्रदेशका संसदीय दलका नेता जीतेन्द्र सोनलले लामो सङ्घर्षपछि नेपालमा सङ्घीय लोकतान्त्रिक कायम भएको बताएका छन्।
मिडिया फोर बोर्डर हार्मोनीले आयोजना गरेको ‘बदलिंदो परिस्थितिमा नेपाल–भारत सम्बन्ध, चुनौती एवं निदान’ कार्यक्रममा उनले विकासको यात्रा हितैषी तथा शुभचिन्तक छिमेकी राष्ट्र भारतसँगको सहकार्यमा अगाडि बढाउनुपर्ने बताए। नेता सोनलले प्राचीनकालदेखि नेपाल–भारतबीच सम्बन्ध प्रगाढ रहेको बताए। उनले नेपाल–भारत सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तव्य रहेको बताए।
शनिवार वैशालीस्थित थाई अतिथि सदनमा आयोजित ‘भारत–नेपाल समिट–२०२२’ कार्यक्रममा प्रमुख अतिथि भारतका सांसद अखिलेशप्रसाद सिंहले नेपाल–भारत खुला सिमाना दुर्ई देशबीचको विशिष्ट तथा अभिन्न सम्बन्धको प्रमाण रहेको बताए। उनले नेपालमा भारतविरुद्धमा षड्यन्त्र भएमा जनताले निरुत्साहित गर्ने बताए। सांसद सिंहले नेपाल–भारतबीच कहिलेकाहीं असहज परिस्थिति आउने गरेकामा त्यसलाई विवेकपूर्ण ढङ्गले दुर्ई देशका सरकारले पहल गर्नुपर्ने बताए। उनले नेपाल–भारतबीच सम्बन्धलाई बलियो बनाउन दुर्ई देशका सामरिक तथा रणनीतिक आवश्यकता रहेको बताए।
कार्यक्रममा भारतका अर्का सांसद अजय निषाद्ले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन नागरिक समाजले अहम् भूमिका निर्वाह गरेको बताए। उनले औपचारिक सम्बन्धहरूबीच जनस्तरीय अन्तत्र्रिmया र संवाद पनि हुनुपर्ने बताए।
कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त दास र होटेल तथा पर्यटन व्यवसायी सङ्घ, वीरगंजका अध्यक्ष हरि पन्तलगायत सम्मानित भएका थिए।