प्रस, जीतपुर, ११ असार/
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको निर्वाचन शनिवार सम्पन्न भएको छ। मतदानमा ९७७ जना मतदाताले तस्वीर र नामसहितको मतपत्रमा मतदान गरेका थिए। मतगणनाको परिणाम आइतवार बिहान सार्वजनिक गरिने प्रमुख मतदान अधिकृत मुकुन्दबहादुर क्षत्रीले जानकारी गराएका छन्।
सङ्घको अध्यक्ष र वाणिज्य सचिव पदमा निर्विरोध छनोट भइसकेकाले ५१ जना पदाधिकारीको छनोट मतगणनापछि सार्वजनिक गरिने निर्वाचन अधिकृत क्षत्रीले बताए। उद्योगतर्पm ८३, वाणिज्यतर्पm एक हजार २१६ जना र कम्पनीतर्पm छ जना मतदाता रहेको अध्यक्ष मोहन शर्माले बताए।
सङ्घका संस्थापक अध्यक्ष घनश्याम गिरीले व्यवसायीको हकहितको लागि निर्वाचन भएको बताए।