प्रस, पंचगावाँ, ११ असार/
सखुवाप्रसौनी गाउँपालिका–३ कौवावनस्थित नेरा आधारभूत विद्यालयको शैक्षिक अवस्था अस्तव्यस्त छ। सो विद्यालयमा एकजना राहत प्रधानाध्यापक, एकजना बालविकास शिक्षिका र एकजना कार्यालय सहयोगी मात्र कार्यरत छन्। विद्यालयमा विद्यार्थीहरू अध्ययनका लागि आउँदैनन् । विद्यालयमा बालविकासकी शिक्षिका मात्र आउने गरेको बताइएको छ। बाँकी शिक्षकहरूले घरमैं बसेर तलब बुझ्ने गरेका छन्।
राजनीतिका कारण विद्यालयको शैक्षिक वातावरण अस्तव्यस्त भएको स्थानीय सरोज चौधरीले बताए ।