प्रस, पोखरिया, ११ असार/

जगरनाथपुर गाउँपालिकाको सातौं गाउँसभा शुक्रवार सम्पन्न भएको छ। गापा अध्यक्ष श्रीकान्तप्रसाद यादवको अध्यक्षतामा भएको गाउँसभाले आव २०७९/८० को लागि रु ४९ करोड ३२ लाखको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो।

गापा उपाध्यक्ष बबिता सिंहले बजेट प्रस्तुत गर्दै शिक्षातर्फ रु ११ करोड २४ लाख, स्वास्थ्यतर्पm रु दुई करोड २८ लाख, कृषितर्फ रु एक करोड २६ लाख, सामाजिक विकासतर्फ रु दुर्ई करोड ४१ लाख, पूर्वाधार विकासतर्पm रु १५ करोड २३ लाख, सामाजिक सुरक्षातर्फ रु आठ करोड र चालूतर्पm रु नौ करोड बजेट विनियोजन गरिएको जानकारी गराइन् ।

उनले विद्यालयमा विद्यार्थीलाई ल्याउ, टिकाउ र सिकाउ अभियान र विद्यालयलाई अपाङ्गता तथा बालमैत्री बनाइने बताइन्। कक्षा १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरिने, एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र/छात्रालाई छात्रवृत्ति प्रदान गरिने बताइन्।

उपाध्यक्ष सिंहले बिजबनिया र औराहमा बर्थिङ सेन्टर, प्रत्येक वडाको स्वास्थ्य चौकीमा एमबिबिएस चिकित्सकको व्यवस्था गरिने र गापामा १५ शय्याको अस्पताल सञ्चालनको लागि सङ्घ र प्रदेश सरकारसँग पहल गरिने बताइन्।

नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दनसिंह क्षत्रीले उद्घाटन गरेको कार्यक्रममा नेका उपसभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचिव बलिस्टर अहमद, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरू लक्ष्मीसाह तेली, नेपालीप्रसाद कुशवाहा, सुभाषकुमार यादव, प्रभुनाथप्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्याप्रसाद कुर्मीलगायतको सहभागिता थियो।  कार्यक्रमको सञ्चालन गापा स्वास्थ्य संयोजक प्रवेन्द्र साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here