प्रस, गरुडा, ११ असार/

सर्लाही, रौतहट र बाराका जनप्रतिनिधिहरूले छोरी शिक्षा र समाजको समानतामा जोड दिएका छन् । कानू समाज कल्याण समिति, रौतहटले शनिवार शिवनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा वक्ताहरूले जातीय गौरव बढाउन पारस्परिक सहयोगको आवश्यकता रहेझैं समाजलाई अगाडि बढाउन छोरीलाई पढाउनुपर्नेमा जोड दिएका छन्।

पूर्वमन्त्री ज्वालाकुमारी साह, प्रदेश सांसद बाबुलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह, बाराको महागढीमाई नगरपालिकाकी उपप्रमुख गीतादेवी साहसहित अल्पसङ्ख्यक कानू जातिबाट स्थानीय तहमा सर्लाही, रौतहट र बारामा निर्वाचित जनप्रतिनिधिहरूले एकै स्वरले छोरी शिक्षामा जोड दिएका हुन्।

नेपालमा अल्पसङ्ख्यक समुदायमा रहेको कानू जातिका वडासदस्यदेखि पूर्वमन्त्रीसम्मका करीब पाँच दर्जन जनप्रतिनिधिलाई समाजले सम्मानित गरेको हो।

कार्यक्रममा गरुडा नगरपालिका–५ का अध्यक्ष विनोदप्रसाद कलवारले दुर्ई लाख र गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारले मन्दिर निर्माणका लागि दश लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाए।

यसैगरी, देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साहले बीस हजार इँटा र दुर्ई सय बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गौरका प्रमुख शम्भु साह र प्रदेश सांसद बाबुलाल साहले आफूहरूले पहिलेदेखि नै सहयोग गर्दै आएको र आवश्यकता अनुसार सबै किसिमले सहयोग गर्दै रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here