प्रस, ठोरी, ११ असार/
ठोरी गाउँपालिका–१ मा पर्ने जङ्गलसँगै जोडिएको चौतारामा शुक्रवार राति ज्ञानबहादुर स्याङ्तानले पालेको एउटा बङ्गुरलाई बाघले मारेर खाएको छ। केही दिनदेखि सो क्षेत्रमा बाघले स्थानीयका पाडा तथा घरपालुवा जनावरसमेत मार्ने गरेको बताइएको छ ।
यसअघि असार ८ गते राति पनि स्याङ्तानकै खोरमा रहेको एउटा बाख्रा र एउटा बङ्गुर बाघले मारेर खाएपछि स्थानीयले चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । पटक–पटक बाघ गाउँँमैं पसेर क्षति पु¥याउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली चौतारा क्षेत्रमा पुगेको छ। शनिवार दिउँसो चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित नेपाली सेनाको टोली आई बाघलाई नियन्त्रणमा लिने बताइएको छ ।