प्रस, सिम्रौनगढ, ११ असार/
सिम्रौनगढमा भारतीय तस्करहरू सक्रिय भएका छन्। सिम्रौनगढ, खजानी, कचोर्वा, बसवरियामा अहिले दुवै देशका तस्करहरू तस्करीमा सक्रिय छन्।
भारतीय तस्करहरूले भारतबाट मोटरसाइकल र ट्याक्टरका पाट्र्स, चिनी, कपडा, खानेतेल नेपाल भिœयाउँदै सिम्रौनगढ, कचोर्वा, कटहरिया, बङ्कुल, गरुडा, चन्द्रपुर, निजगढ, कोल्हवी, मौलापुर, हर्नैया पु¥याउने गरेका छन्।
यसैगरी, नेपालका तस्करहरूले भारतमा मदिरा तस्करी गरिरहेको गाउँलेहरूले बताएका छन्।
भारतीय तस्करहरूले बारा र रौतहटको सीमामा पर्ने अरुवा नदीको पुलमुनिबाट सामान तस्करी गर्ने गरेका छन् भने नेपाली तस्करहरूले सिम्रौनगढबाट मदिरा लोड गरी खजानीको पथलवाघाटबाट भारतको अगर्वा हुँदै चिरैया ढाका र मोतिहारी पु¥याउने गरेका छन्।
बेलाबखत भारतको जितना, झरोखर, घोडासहन र ढाका थानाले नेपाली मदिराहरू बरामद गर्ने गरेका छन्। इलाका प्रहरी कार्यालय, सिम्रौनगढका र सशस्त्र प्रहरी बिओपी गोलागंजका घुमुवा र प्रहरीको अगाडिबाट तस्करहरूले तस्करी गर्ने गरेको बताइएको छ।