प्रस, पंचगावाँ, १० असार/
पटेर्वासुगौली गाउँपालिकाले आव २०७९/८० को लागि ४१ करोड १० हजारको बजेट प्रस्तुत गरेको छ।
प्रमुख अतिथि पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले नीति तथा कार्यक्रमको उद्घाटन गरेका थिए भने गापा उपाध्यक्ष ममता महतोले बजेट प्रस्तुत गरेकी थिइन्।
उनले कार्यक्रममा गत वर्षको अनुमानित मौज्दात रु २५ करोड गरी आगामी आवको लागि कुल रु ४१ करोड १० हजारको बजेट प्रस्तुत गरेकी थिइन्। गापा उपाध्यक्ष चौधरीले गापाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधारलगायतलाई जोड दिएको बताइन्। उनले दुधेश्वरनाथ महादेव
(भाथाबाबा) मन्दिर, गादिमाई मन्दिर, भौरीमाई मन्दिर, वनस्पतिमाई मन्दिरलाई पर्यटकीय क्षेत्र बनाउने बताइन्। घरघरमा स्वास्थ्य सेवा प्रदान गरिने, गर्भवती महिलालाई निश्शुल्क एम्बुलेन्स सेवा र पोषण भत्ता, गापालाई पूर्ण खोपयुक्त घोषणा गरिने, युवाहरूलाई आयआर्जनमूलक तालीमलगायत बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष महतोले जानकारी गराइन्।
गापा अध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव र सहजीकरण शिक्षा शाखा प्रमुख शम्भु साहले गरेका थिए।
कार्यक्रममा पाँचवटै वडाका अध्यक्ष, वडासदस्य लगायतको सहभागिता थियो।