प्रस, वीरगंज, १० असार/

सामुदायिक सेवा केन्द्र, मुर्ली– श्रीपुरले लागूऔषध दुरुपयोग तथा ओसारपोसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्तत्र्रिmया गरेको छ।

शुक्रवार दिउँसो त्रिमूर्ति टोलस्थित सामुदायिक सेवा केन्द्रको कार्यालयमा भएको कार्यक्रममा बार एशोसिएशन पर्साका ओमप्रकाश गुप्ता, पुरुषोत्तम दुबे, राधा शर्मा, निर्मला ताम्राकार, सामुदायिक सेवा केन्द्रका सचिव दीलिप प्रधान, प्रहरी सहायक निरीक्षक तनुजा श्रेष्ठलगायतले मन्तव्य राख्दै लागूऔषधबाट समाजमा पर्ने असर, नियन्त्रण र त्यसका उपायबारे जानकारी गराएका थिए।

कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार शैलेन्द्रकुमार यादव, प्रमिला शाही, ऐनुल हक देवान, प्रदीपकुमार साह, सपना श्रेष्ठ, नीलमदेवी दत्त, मनीष सिंहलगायतको सहभागिता थियो। कार्यक्रम सामुदायिककी रेखा घिमिरेको अध्यक्षतामा भएको थियो।

यसैगरी, समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध र अपराध नियन्त्रण तथा सामाजिक सञ्जाल र साइबर क्राइम नियन्त्रणबारे सचेतना कार्यक्रम अल्पाइन सेकेन्ड्री स्कूलमा सम्पन्न भएको थियो।

हन्ड्रेड ग्रुप, पर्सा र वडा प्रहरी कार्यालय, बिर्ताको साझेदारीमा भएको कार्यक्रममा सहभागी कक्षा आठका विद्यार्थीहरूलाई विभिन्न आपराधिक क्रियाकलापबाट हुने बेफाइदा तथा कानूनी कारबाईबारे प्रशिक्षण दिइएको थियो।

प्रशिक्षणको क्रममा प्रहरी निरीक्षक विशाल मल्लले उदाहरण दिंदै भने, कुलतमा फसेको मेरो एकजना साथी जेलजीवन बिताइरहेको छ। तर म आफ्नो लक्ष्यप्रति केन्द्रित रहेकोले आज प्रहरी निरीक्षक भएर देशको सेवा गरिरहेको छु। कलिलो उमेरमा बाटो बिराउने सम्भावना बढी हुने भएकोले सचेत हुनु आवश्यक छ।”

त्यसैगरी, हन्ड्रेड ग्रुपका संयोजक विशेष साहले सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे प्रशिक्षण दिंदै भने, “मनोरञ्जनको नाममा सामाजिक सञ्जाल तथा इन्टरनेटमा उपलब्ध खेल आदिमा समयको दुरुपयोग गर्नुभन्दा बालबालिकाहरूले अध्ययनमा ध्यान  केन्द्रित गर्नुपर्छ।”

कार्यक्रममा हन्ड्रेड ग्रुपका सञ्चालन प्रमुख आयुष वर्णवाल, आकाश गुप्ता, विकाश गुप्ता, सहसंयोजक विक्की सर्राफ, कोषाध्यक्ष मधुरञ्जन साह, सचिव राहुल पटेल, सहसचिव सुशील पटेललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here