प्रस, पोखरिया, २० असार/

पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगरप्रमुख प्रद्युम्न चौहान तथा प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाले रु ५१ करोड ९० लाख बराबरको बजेट ल्याउने तयारी गरिरहेको  बताए।

नगरप्रमुख चौहानले शिक्षा, स्वास्थ्य र कृषि नै नगरपालिकाको विकास र समृद्धिको प्रमुख आधार भएको बताए। कार्यक्रममा प्रमुख अतिथि प्रह्लाद गिरीले गत वर्षका तुलनामा यसपटक छोटो समयमा नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास, सडक, नाला, रोजगार जस्ता सम्पूर्ण महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको बताए।

कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर रौनियार, वडाध्यक्षहरू प्रमोद गिरी, केदार महतो, रामप्रवेश चौहान, लछुमन साह, महिन्दर महतो, सियानन्द चौहान, परमानन्द कुर्मी, किशोरी साह, नौशाद आलम, सोनालाल साह, नेकपा माओवादीका पन्नालाल पटेल, एमालेका विन्ध्याचल ठाकुर, नेजामुद्दीन समानी, नेपाली काङ्ग्रेसका श्रीकिसुन चौहान जसपाका राजु साह, सलमा खातुन, खलिल मियाँलगायतको सहभागिता थियो।

कार्यक्रममा स्वागत उपप्रमुख रूबी ठाकुर र सहजीकरण लेखा शाखा प्रमुख मनोज तिवारीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here