प्रस, परवानीपुर, ५ असार/

बारा, परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा पछिल्लो समय वडाध्यक्ष नेकपा एमालेका नेता इब्राहिम मियाँको दादागिरी बढेको छ ।

लोसपाका नेताहरूले आज परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीलाई ज्ञापनपत्र बुझाउँदै उनको दादागिरीबारे ध्यानाकर्षण गराएका थिए । लोसपा गापा एकाइ अध्यक्ष जगतनारायण महतोद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा परवानीपुर बजारको गुदरी बजारको व्यवस्थापनको नाममा व्यापारीहरू सँगसँगै पूर्वाग्रहा राखी वडाध्यक्ष इब्राहिम मियाँले कुनै पनि आधिकारिक निर्णय बेगर परवानीपुर बजारमा वर्षौंदेखि व्यापार गर्दै आएका व्यापारीहरूसँग बजार व्यवस्थापनको नाममा अनावश्यक विवाद सिर्जना गरि असार २ गते अर्को सूचना टाँस नहुन्जेलसम्म सार्वजनिक जग्गामा खुद्रा व्यापार नगर्न सूचना जारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

व्यवसाय सञ्चालन भइरहेको अवस्थामा दिनको ८ बजेको समयमा उक्त बजारमा रहेका पसलेहरूको डिजिटल तराजु, आलु प्याज, खाने तेल, दाल, हरियो तरकारी र नगदसमेत आफ्नो कब्जामा लिइ बाँकी रहेका सामानहरू जथाभावी फालेर व्यापारीहरूसँग झैझगडा गरी व्यवसायीहरूलाई त्रसित गरी बजारलाई गम्भीर असर पु¥याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here