प्रस, निजगढ, ५ असार/
‘माटो जोगाऔं’ अभियानकर्ता सातौं दिनमा आइतवार निजगढ आइपुगेका छन् । पर्वत घर भएका नवीन पुन काठमाडौंको टुडिखेलबाट अभियानको रूपमा शुरू गरेको सन्देशमूलक एकल दौडले माटो जोगाऔं अभियानलाई सातै प्रदेशका विभिन्न स्थान, क्षेत्रमा पु¥याइ तीन हजार ५०० किलोमिटर दौड पूरा गर्ने आफ्नो लक्ष्य रहेको जानकारी दिए ।
निजगढमा पत्रकार सम्मेलनमा माटो जोगाउने जस्तो मानवीय तथा पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तु, प्राणीका रक्षाका निम्ति नजुट्ने हो भने, ढिलो चाँडो मानव पनि जसरी पृथ्वीबाट डाइनासोर लोप भए, त्यसरी नै लोप हुनेछन् ।
त्यसरी नैं मानव र अन्य प्राणीहरू पनि लोप हुने खतरा बढिरहेको बताए । मानिसहरू क्षणिक आम्दानी, लोभ, भोगविलासका लागि माटोको उर्वरशक्तिलाई नाश गर्न तल्लीन हुँदै आइरहेका छन् । यसलाई रोक्न र माटोको संरक्षणमा लाग्न अर्गानिक खेती शुरू गर्नुको अर्को कुनै विकल्प नभएको औंल्याए ।
संसारमा प्रतिमिनेट एक एकड अर्थात् ३२ कट्ठा जमीन मरुभूमि बन्ने गरेको यसको दर अझै बढ्न सक्ने भन्दै विश्वका सम्पूर्ण राष्ट्रहरूले माटो जोगाउने अभियानमा राज्यबाट नै नीति, ऐन, नियम निर्माण गरी अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्ने तथ्यले पुष्टि गर्दै आइरहेको देखिएको उनको भनाइ थियो । “जैविक विविधताको संरक्षण नैं माटो जोगाउने पहिलो मुख्य कार्य हो”– अभियन्ता पुनले भने ।
यही गतिमा विभिन्न रसायनयुक्त मल, विषादीहरूको बाली, माटोमा प्रयोग भइरहने हो भने, अढाई/तीन दशकमा ४० प्रतिशत उब्जाउ क्षेत्र घट्ने उनले बताए । …माटो जोगाउने अभियान हाम्रालागि मात्र होइन, हाम्रो पुस्ता र पृथ्वीमा रहेका हरेक जीवजन्तु , प्राणी रक्षाका लागि अति आवश्यक महान् पुण्य कार्य हो । जो जसले जुन स्थान, क्षेत्रबाट पनि यस अभियानलाई शुरू गर्न सक्छन्् ।– पुनले थपें ।
यो दौड अभियान शुरू गरेको ७०औं दिनमा ललितपुरमा समापन गर्ने योजना रहेको सो अभियानका सहयोगी सनम लिम्बु र निर्मल श्रेष्ठले जानकारी दिए । यो अभियान स्वतन्त्र र विशुद्ध माटो जोगाउने अभियानमा रहेका उनीहरूले प्रस्ट पारे । सो कार्यक्रमको समन्वय स्थानीय युवा समाजसेवी खड्गराज मैनाली र दीपक सापकोटोले गरेका थिए ।