किभ, २९ जेठ/सिन्ह्वा

ब्रिटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने बताएका छन् ।

बेलायती रक्षामन्त्री बेन वालेसले शनिवार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि ब्रिटिश रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् ।

शनिवार उनीहरूबीच भएको भेटका क्रममा हालैका दिनमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।

अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने ब्रिटिश रक्षामन्त्री वालेसले जानकारी दिएका हुन् ।

अहिले पनि युक्रेनमा रूसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रूससँग सङ्घर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।

युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि ब्रिटिश रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महीना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए ।

त्यस भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here