प्रस, वीरगंज, २८ जेठ/

क्रियाशील युवा पत्रकार मञ्च पर्साको पहिलो साधारणसभाबाट प्रणय कुमार साह पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

नेपाल पत्रकार महासङ्घको सभाहलमा शनिवार सम्पन्न प्रथम साधारणसभाबाट नेपाल पत्रकार महासङ्घको प्रदेशसभा सदस्यसमेत रहेका साहलाई पुनः नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो ।

साहको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्ष आनन्द पटेल, महासचिव वीरेन्द्र साह, सचिव अरविन्द पटेल, कोषाध्यक्ष उपेन्द्र बरै पुनः दोहोरिएका छन् ।

सदस्यहरूमा आदित्य शर्मा, प्रियाकुमारी थारू, ओमप्रकाश सर्राफ, नीलम चौधरी, सुनील ओझा र कन्हैयालाल वर्णवाल रहेका छन् । 

मञ्चको प्रथम साधारणसभालाई सम्बोधन गर्दै वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूद्वारा तालीम एवं प्रशिक्षणको व्यवस्था गर्ने प्रतिबद्धता गरे ।

समाज विकासमा पत्रकारको महŒवपूर्ण भूमिका हुने बताउँदै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका डा. गुप्ताले क्रियाशील युवा पत्रकार मञ्चले समाज परिवर्तनका लागि कलम चलाउने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले पत्रकारिता पेशाको प्रवद्र्धनका लागि युवाहरू सक्रिय हुनुपर्ने बताए । जोश र जाँगरसहित युवाहरूको पत्रकारिता क्षेत्रमा टडकारो अवस्था देखिएकोले युवाहरू नै क्रियाशील भएकोमा सराहना गर्दै समाजका विकृति–विसङ्गतिविरुद्ध आवाज उठाउन आग्रह गरे ।

कार्यक्रममा  पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नागरिक समाजका अगुवा प्राध्यापक डा. दीपक शाक्य, जिल्ला प्रशासन कार्यलय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तव, मञ्चका कानूनी सल्लाहकार अधिवक्ता हरिहरप्रसाद साह, समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष मनोज पटेललगायतले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here