प्रस, वीरगंज, २७ जेठ/
स्वास्थ्यकर्मी महासङ्घ नेपाल मधेस प्रदेशको आयोजनामा शुक्रवार १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले रक्तदान कार्यक्रममा पप्पु सिंह, नरेश साह, अरविन्द चौधरी, मुमताज अन्सारी, जयप्रकाश साह, विनोद चौहान, मोहन दास, धर्मेन्द्र बैठा र दिलीप साह गरी ५४ जनाले रक्तदान गरेको बताए ।
बाराको फेटा गापा–३ मा आयोजित रक्तदान कार्यक्रमको अध्यक्षता महासङ्घका अध्यक्ष कुरान अलि ठकुराईले गरेका थिए भने प्रमुख अतिथि गापा अध्यक्ष रूस्तम अन्सारी थिए । यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलेश मिश्रलगायतको सहभागिता थियो ।