मस्तिष्कमा जब कोशिका असामान्यरूपले बढ्न थाल्छ र गाँठोको रूप लिन्छ भने यस स्थितिलाई ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमरमा मस्तिष्कको खास भागमा कोशिकाको गुच्छा बन्छ, जसले खतरनाक स्थिति उत्पन्न गर्छ । समयमा यसमाथि ध्यान दिइएन भने यो क्यान्सरमा परिणत हुन सक्छ ।
हरेक वर्ष ट्युमरप्रति जागरूक गर्न ८ जूनमा विश्व ब्रेन ट्युमर दिवस मनाइन्छ । यसको शुरूआत सन् २००० मा जर्मन ब्रेन ट्युमर एसोसिएशनले गरेको थियो । आज विश्व ब्रेन ट्युम दिवस २०२२ हो तसर्थ ब्रेन ट्युमरको सङ्केत, कारण र उपचारबारे चर्चा गरौं ।
दुई प्रकारको हुन्छ ब्रेन ट्युमरः १) बिनाइन ट्युमर– यो ट्युमर दिमागको कोशिकाबाट बन्छ र यो बढ्ने गति निकै सुस्त हुन्छ, यो नन क्यान्सर ट्युमर हो । २) मेलिग्नेन्ट ट्युमर– यस ट्युमरलाई बढी खतरनाक मानिन्छ । यो पनि दिमागको कोशिकाबाटै बन्छ तर यसको वृद्धि तीव्र गतिले हुन्छ । यो ट्युमर क्यान्सरमा परिणत हुन सक्छ ।
सङ्केतः ब्रेन ट्युमरको धेरै सङ्केत हुन्छ तर बिहान उठ्दा तीव्र टाउको दुखाइ हुनु यसको सबैभन्दा ठूलो सङ्केत मानिन्छ । यसको अलावा मिर्गीको झट्का आउने, मन बेचैन, स्मरण शक्ति कमजोर, शरीर सुन्न हुने, हेर्ने क्षमता प्रभावित हुनु, तनाव, डिप्रेशन, अचानक बेहोश हुनु, बोल्नमा समस्या, हिंड्दा धरमराउनु आदि यसको लक्षण हुन सक्छ ।
कारणः ब्रेन ट्युमरको अहिलेसम्म स्पष्ट कारण पत्ता लागेको छैन तर विशेषज्ञ आनुवांशिकतालाई यसको कारण मान्छन् । यसको अलावा रेडिएशनको सम्पर्कमा लगातार रहनाले पनि ब्रेनमा ट्युमर विकसित हुन्छ । कैयौंपटक अटो इम्युन सप्रेशन पनि ट्युमरको कारण हुन सक्छ ।
उपचारः ब्रेन ट्युमर कुनै लाइलाज समस्या होइन, तर यसको उपचार जति चाँडो गर्नुपर्छ । साधारणतया ट्युमरको स्थिति, आकारलाई हेरेर यसको उपचार गरिन्छ । यसको उपचार सर्जरी, किमोथेरापी, रेडिएशन थेरापी, माइक्रो एन्डोस्कोपिक स्पाइन सर्जरी, रेडियो सर्जरी, टारगेट ड्रग थेरापीको माध्यमबाट गरिन्छ । ब्रेन ट्युमर गम्भीर हुनुबाट रोक्नको लागि यसको लक्षणलाई लिएर सतर्क हुनुपर्छ । लक्षण देखिए तुरून्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।