वर्षौको मेहनतपछि पहिलोपटक शोधकर्ताले क्यान्सरको यस्तो औषधि हात पारेका छन्, जसको प्रयोगबाट परीक्षणमा सहभागी सबै रोगीको क्यान्सर निको भएको बताइन्छ । न्युयोर्क टाइम्सका अनुसार मेमोरियल स्लोअन केटरिङ क्यान्सर सेन्टरद्वारा गरिएको परीक्षणमा १८ जना रोगीले लगभग ६ महीनासम्म डोस्टरमिलैब नामक औषधि लिएका थिए र उनीहरूमध्ये सबैको ट्युमर नष्ट भएको थियो ।
शोध संस्थान न्युयोर्कका मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरका डा लुइस ए डियाजले भने–यो क्यान्सरको इतिहासमा पहिलोपटक यस्तो भएको हो । यस परीक्षणको निष्कर्षले सबै विशेषज्ञ चकित छन्, किनभने यसभन्दा पहिले कुनै औषधिबाट सबै क्यान्सर रोगीको क्यान्सर नष्ट भएको कुरा अहिलेसम्म सुनिएको थिएन ।
विशेषज्ञ अनुसार डोस्टर मिलाब प्रयोगशालाद्वारा निर्मित अणुहरू भएको औषधि हो । यो मानव शरीरमा स्थानापन्न एन्टिबडीको रूपमा काम गर्छ । परीक्षणको परिणामपछि विशेषज्ञको भनाइ छ कि यो साबित भइसकेको छ कि डोस्टर मिलाब सबैभन्दा घातक क्यान्सरमध्ये एकको लागि सम्भावित उपचार हुन सक्छ । अर्थात् जुन मान्छेको शरीरबाट क्यान्सरको सेल्स समाप्त भएको छ, उसको लागि अगाडिको उपचार गराउन आवश्यक छैन ।
क्यालिफोर्निया विश्वविद्यालयमा कोलोरेक्टल क्यान्सर विशेषज्ञ डा एलन पि वेनुकले भने–यो अनुसन्धान निकै प्रभावशाली थियो, किनभने औषधि परीक्षणको दौरान कुनै पनि रोगीले बढी जटिलताको सामना गर्नुपरेन । ओनकोलोजिस्ट डा एन्ड्रिया सेर्सेकले भने उपचारबाट क्यान्सरको सेल्स पूर्णरूपले नष्ट भएपछि धेरैजना खुशी भएका छन् । रोगीले परीक्षणको दौरान ६ महीनासम्म हरेक तीन हप्तामा डोस्टर मिलाब औषधि लिएका थिए । यो उल्लेखनीय छ कि ती सबै आफ्नो क्यान्सरको समान चरणमा थिए । क्यान्सर स्थानीयरूपले मलाशयमा उन्नत थियो । यद्यपि अन्य अङ्गमा पैmलिएको थिएन ।
मिडिया आउटलेटमा प्रकाशित अध्ययनमा शोधकर्ताले लेखेका छन्, यस रिपोर्टको समय, कुनै पनि रोगीलाई किमो रेडियोथेरापी वा सर्जरी भएको थिएन, फ्लोअपको दौरान प्रगति वा पुनरावृत्तिको कुनै मामिला अगाडि आएको थिएन – क्यान्सर शोधकर्ताले औषधिको समीक्षा गर्दै भने –उपचार आशाजनक छ, तर ठूलो मात्रामा परीक्षण गर्नुपर्छ ।