प्रस, जीतपुर, २४ जेठ/

वीरगंज–पथलैया सडकखण्डमा पर्ने जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर बजारस्थित वीरगंज–जीतपुर गौशालाको रु ३२ करोड मूल्य पर्ने १६ कठ्ठा जग्गा सर्वोच्च अदालतले सार्वजनिक कायमगरी जीतपुरसिमरा उपमहानगरपालिकालाई हकभोग गर्न दिने फैसला गरेको
छ ।

जीतपुर गौशालाको कित्ता नं. २४५ को १२ कठ्ठा र कित्ता नं. ६१ को चार कठ्ठा जग्गा वीरगंज–जीतपुरका केही व्यक्तिले किर्ते कागज बनाई वीरगंज–जीतपुर गौशालाको हो भनी प्लाटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए । सोको विरोधमा साबिक जीतपुर गाविस, हाल जीतपुरसिमरा उपमहानगरको भोगको जग्गा भएकोले सार्वजनिक कायम गरी पाउँ भनी तत्कालीन जीतपुर गाविसका अध्यक्ष देवनारायण चौधरी, वडाध्यक्ष वीरेन्द्र गिरीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश डा कुमार चुडालको इजलासले यही जेठ २३ गते फैसला गरेको जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जयकुमार साहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here