प्रस, वीरगंज, २४ जेठ/

सीमावर्ती भारतीय बजार भेलाहीमा राजनीतिक दल तथा सुरक्ष्Fाकर्मीको संयुक्त बैठक सम्पन्न भएको छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिको निगरानी तथा सर्वसाधारणले खरीद गरी ल्याउँदा सीमामा बसेका सुरक्षाकर्मीले दुःख दिने र दुवै देशका सवारी साधनलाई स्थानीय बजारसम्म आवतजावत गर्न दिने विषयमा छलफल भएको थियो ।

सीमा क्षेत्रका जनताबीच सदीऔंदेखि सम्बन्ध रहेको तर दुवै देशका सुरक्षा निकायले आवतजावतमा अवरोध खडा गर्ने, कुटपिट गर्ने, सवारी साधन नियन्त्रणमा लिई कारबाई प्रक्रिया अगाडि बढाउने गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका थिए ।

भेलाहीका मुखिया सुमन पटेलको अध्यक्षतामा भएको बैठकमा जदयु प्रदेश सचिव भुवन पटेल, जिल्ला पार्षद् महम्मद नवीन, भेलाही थानाका इन्चार्ज मनोज कुमार, सशस्त्र प्रहरी निरीक्षक खड्कबहादुर खड्का, अस्थायी प्रहरी पोस्ट परसौनीका इन्चार्ज दीपबहादुर राना, समाजसेवी बाबूलाल मेहता, अर्जुन मेहता, धीरेन्द्र पटेल, विनोद मेहतालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here