संयुक्त राष्ट्रसङ्घ, १४ जेठ/सिन्ह्वा

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रूसले भिटो लगाएर असफल पारेका हुन् ।

चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियामा सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै सम्बन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने चीनको अभिमत व्यक्त गरे ।

समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा प्योङयाङविरुद्ध थप प्रतिबन्धले समस्या समाधानमा मदत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने राजदूत झाङले बताए । कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उनले उल्लेख गरे ।

चीनले परिषद्को एकता र सहयोगलाई ठूलो महŒव दिन्छ, वर्तमान परिस्थितिमा परिषद्ले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वमा बाधा पु¥याउने विषयमाथि विमर्श हुनुपर्ने तथा उत्तर कोरियाली जनताले सामना गरिरहेको जीविकोपार्जनका समस्याबारे चिन्तित हुनुपर्ने आवश्यकतामा उनले जोड दिए ।

प्रायद्वीपको अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै राजदूत झाङले चीनले फेरि पनि सबै पक्षलाई शान्त र संयमित हुन आह्वान गरेको र अमेरिकी पक्षलाई उत्तर कोरियाप्रतिको आप्mनो नीतिमा गम्भीर भएर चिन्तन गर्न आह्वान गरे । साथै उनले वार्ता पुनः शुरू गर्नका लागि वातावरण बनाउन आग्रह गरे । चीनले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम गर्न र आणविक निश्शस्त्रीकरण साकार पार्न रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रूस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here