प्रस, वीरगंज, १३ जेठ/

महिला बालबालिका युवा तथा खेलकूद मन्त्रालय मधेस प्रदेशको आयोजना तथा महिला बालबालिका तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ ललितपुरको समन्वयमा जनकपुरधाममा ज्येष्ठ नागरिकसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा प्रदेशस्तरीय दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै मन्त्रालयका सचिव केशव विमलीले मधेस प्रदेश ज्येष्ठ नागरिकमैत्री भएको बताए । उनले ज्येष्ठ नागरिकहरूको सम्बन्धमा मधेस सरकारले कार्यविधि निर्माण गरेको जानकारी गराएका थिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष्F छत्र प्रधानको अध्यक्षतामा भएको गोष्ठीमा मधेस प्रदेशका ८ जिल्लाका ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी सदस्यहरूको सहभागिता थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन ज्येष्ठ नागरिक महासङ्घका सदस्य सूर्यप्रसाद श्रेष्ठले गरेका थिए । उपाध्यक्ष शारदादेवी चन्दले स्वागत गरेको कार्यक्रममा धनुषा जिल्लाका कार्यवाहक अध्यक्ष कलाधर झा, प्रदेशका पूर्व ज्येष्ठ नागरिक सचिव रामचरित्र ठाकुरलगायत पर्साका अध्यक्ष्F जगदीशप्रसाद शर्माले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा विषयमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए ।

भोलिपल्ट जेठ १२ गते पनि गोष्ठीलाई निरन्तरता दिंदै ज्येष्ठ नागरिकहरूको दुई समूह बनाई व्यापक छलफलपश्चात् निष्कर्ष निकालिएको थियो । सो निष्कर्ष कार्यान्वयनको लागि सरकारसम्म पठाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here