प्रस, वीरगंज, १३ जेठ/

न्यूनतम पारिश्रमिक निर्धारण समितिले शुक्रवार वीरगंजमा आयोजना गरेको अन्तत्र्रिmयामा पर्सेली पत्रकारहरूले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तक्र्रियामा सहभागी पर्सेली पत्रकारहरूले सरकारले पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेपनि पर्सामा रहेका सञ्चारगृहमा कार्यरत पत्रकारहरूले सो अनुरूप सेवा सुविधा नपाएको गुनासो गरे । उनीहरूले न्यूनतम पारिश्रमिक नपाउँदा सेवामा टिकिरहन समस्या भइरहेको बताए । पत्रकारहरूले न्यूनतम पारिश्रमिक निर्धारण समितिले यसबारे छलफल, अन्तत्र्रिmया गर्ने तर कार्यान्वयन भने नहुने गरेको गुनासो गरे । उनीहरूले औपचारिकता पूरा गर्नको लागि मात्र कार्यक्रम गर्नु दुःखद भएको बताएका थिए ।

छलफल अन्तत्र्रिmयाको ठोस उपलब्धि नहुन्जेल पत्रकारहरूमा नैराश्यता बढ्ने भन्दै उनीहरूले अन्तत्र्रिmया, गोष्ठीबाट आएका समस्या क्रमशः समाधान गर्दै जानुपर्ने सुझाव दिए । उनीहरूले यस्ता समस्या सम्बन्धित निकाय, सञ्चारगृह, नेपाल सरकारमा पु¥याएर कार्यान्वयन गराउन पहल गर्न आग्रह गरे । पर्सेली पत्रकार आरके पटेल, क्रान्ति साह, दीपक गौतम, सुरेश बिंडारी, माधुरी महतो, विजय भण्डारीलगायतले समस्याबारे कुरा उठान गरेका थिए ।

समितिका सदस्य विमला पाण्डेले कार्यक्रममा उठेका कुराहरू समाधान गर्नेतर्फ इमानदार प्रयास गर्ने आश्वासन दिइन् । उनले पर्सेली पत्रकारहरूको समस्या, सुझाव सम्बन्धित निकायमा पु¥याउने र समस्या समाधानको पहल गर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य गोपाल तिवारी, पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here