प्रस, वीरगंज, ८ जेठ/

पर्सा जिल्लाका १३ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने वीरगंज महानगरको मात्र बाँकी छ । घोषित १३ वटा पालिकामध्ये एमालेले पाँच, नेपाली काङ्ग्रेसले चार, जसपाले तीन र लोसपाले एक पालिकामा विजय हासिल गरेका छन् ।

एउटा महानगर, तीनवटा नगरपालिका र दशवटा गाउँपालिका रहेको पर्सा जिल्लामा एमालेको दुईवटा नगरपालिकामा जीत भएको छ भने जसपाको एउटा नगरपालिका जीत भएको छ । वीरगंज महानगरमा भने जसपाको अग्रता छ ।

एमालेले पर्सागढी नगरपालिकामा अध्यक्ष/उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । गोकर्ण पाठक प्रमुख र पूजा चौधरी उपप्रमुखमा विजयी भएका हुन् । पोखरिया नपामा पनि नगरप्रमुख र उपप्रमुखमा एमालेका प्रद्युम्न चौहान र रुवि ठाकुर विजयी भएका छन् ।

बहुदरमाई नपामा जसपाका सिंहासन साह तेली विजयी भए भने उपप्रमुखमा एमालेकी सुषमा कुशवाहा विजयी भइन् ।

गापाहरूमा जगरनाथपुर गापामा नेपाली काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्ष गरी दुवै पदमा जीत हासिल गरेको छ । अध्यक्षमा श्रीकान्त यादव र उपाध्यक्षमा बबिता सिंह विजयी भएका हुन् ।

ठोरी गापाको अध्यक्ष र उपाध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ र गोकुली रेग्मी विजयी भएका
छन् ।

जीराभवानी  र पटेर्वासुगौली गापाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकाका उम्मेदवारहरू क्रमशः अनोज चौधरी र रेखा चौधरी तथा दिनेश चौधरी र ममता महतो विजयी भएका छन् ।

धोबिनी गापाको अध्यक्षमा जसपाका मदन चौहान र उपाध्यक्षमा नेकाकी मञ्जु देवी विजयी भएका छन् । 

कालिकामाई गापामा जसपाका वशिष्ठकुमार कलवार र उपाध्यक्ष्Fमा नेकाकी राजमती विजयी भएका छन् ।

सखुवाप्रसौनी गापाको अध्यक्षमा एमालेका यशवन्त यादव र उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट महतो विजयी भएका छन् ।

छिपहरमाई गापाको अध्यक्षमा एमालेका मनोज गुप्ता र उपाध्यक्ष्Fमा नेकाकी लीलावती देवी विजयी भएका छन् ।

विन्ध्यवासिनी गापाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी र उपाध्यक्षमा एमालेकी ज्योति चौरसिया विजयी भए ।

पकाहामैनपुर गापाको अध्यक्षमा नेकाका सुरेशप्रसाद मेहता र उपाध्यक्षमा नेकाकै सरफुन नेशा विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here