प्रस, रौतहट, ८ जेठ/

गुजरा नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार सन्तलाल चौधरी दोस्रोपटक निर्वाचित भएका छन् । उनले पाँच हजार १४३ मत ल्याइ दोस्रोपटक निर्वाचित भएका हुन् । उनी २०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशव रायले चार हजार ७९९ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा नेपाली काङ्ग्रेसकी उम्मेदवार रत्न लामाले छ हजार १० मत प्राप्त गरी निर्वाचित भएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एसकी उम्मेदवार रानीकुमारी चौधरीले चार हजार १८१ मत प्राप्त गरेकी छन् ।

यसै गरी वडा नं १ मा एमालेका रामजीत चौधरी, २ मा माओवादीका अशोककुमार खाँ, ३ मा एमालेका गजेन्द्रकुमार चौधरी, ४ मा झमकबहादुर चौलागाईं, ५ मा स्वतन्त्र शेख जमालुद्दीन, ६ मा नेकाका शेख अब्दुल सलाम, ७ मा शेख अब्दुलका, ८ मा नेकपा एसका मोतिन मियाँ मन्सुरी, ९ मा जसपाका प्रेम चौधरी वडाध्यक्षमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

यसैगरी, माधवनारायण नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार बैजनाथप्रसाद यादव चार हजार २८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका लीलाप्रसाद तेलीले तीन हजार ३३२ मत प्राप्त गरे ।

उपप्रमुखमा जसपाकी उम्मेदवार निर्मलादेवी रमण तीन हजार १६९ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी जमुना देवीले तीन हजार १५८ मत प्राप्त गरेकी थिइन् ।

सो नपाको वडा नं १ मा एमालेका शैलेन्द्र ब्याहुत, २ मा नेकपा एसका रामविश्वासप्रसाद साह, ३ मा एमालेका राजकुमार राय यादव, ४ मा माओवादीका रामदेनी मुखिया, ५ मा नेकपा एसका नरेन्द्र सहनी, ६ मा रामनरेश राय, ७ मा जसपाका दीलिपकुमार यादव, ८ मा नेकाका योगेन्द्रप्रसाद महतो र ९ मा लोसपाका रामकिशोर साह वडाध्यक्षमा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय, रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here