प्रस, वीरगंज, २९ वैशाख/

शुक्रवार हुने स्थानीय तह सदस्यको निर्वाचनको लागि पर्सा जिल्लाका मतदानस्थलहरूमा तयारी अन्तिम चरणमा पुगेको छ।

वैशाख २८ गते बुधवारदेखि मतदानस्थलमा खटेका कर्मचारीहरूले सर्वदलीय बैठक गरेर निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तरीकाबाट सम्पन्न गर्न उम्मेदवारहरूलाई सहमति गराएका थिए। हिजैदेखि शुरू भएको मतदाता परिचयपत्र वितरण कार्य आजसम्म जारी रह्यो। मतदान स्थल तथा केन्द्रमा सहमति अनुसार टेन्ट गाड्ने, डोरीको बार लगाएर मतदान व्यवस्थित गर्ने कार्यहरू भइरहेका छन्।

शुक्रवार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताइएको छ। मतदान गर्ने व्यक्ति ५ बजेभित्र मतदान स्थल तथा केन्द्रमा प्रवेश गरेको खण्डमा उसले मतदान गर्न पाउने तर ५ बजेपछि आउने मतदाताले मतदान गर्न नपाउने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको  छ। यसैगरी, मतदाता नामावलीमा नाम भएको तर मतदाता परिचयपत्र नभएका व्यक्तिहरूले नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा, राहदानी देखाइ मतदान गर्न पाउने बताइएको छ। मतदाता नामावलीमा नाम भएका मतदाताले मात्र यस प्रकारको सुविधा पाउने तर नाम नभएकाले मतदान गर्न नपाउने मतदान अधिकृतहरूले प्रस्ट पारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here