प्रस, वीरगंज, २७ वैशाख/

वीरगंज महानगरको एमालेबाट नगरप्रमुख पदका उम्मेदवार विजयकुमार सरावगी र लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई विजयी गराउन गठबन्धनमा रहेका एमाले र लोसपाका नेताहरूले चुनाव प्रचार अभियानलाई तीव्रता दिएका छन् ।

घरदैंलो, मोटरसाइकल ¥याली, जनसभा गर्दै आएको गठबन्धनबाट लोसपाका नेता सांसद विमलप्रसाद श्रीवास्तवले संयुक्त गठबन्धनका उम्मेदवार सरावगी र झालाई विजयी गराउन आग्रह गरे । उनले अब कसैले पनि धम्कीको भाषा प्रयोग गरी विकासको बाटो रोक्न नसक्ने र नेतृत्व प्रदान गर्न आवश्यक भएको बताए । कानूनी शासन अनुसार महानगर सञ्चालन गर्ने एमाले र लोसपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । पूर्व नगरप्रमुख एवं राप्रपा नेपालका नेता प्रदीप सुवेदीले विकासको अनुभूति गर्न एमाले र लोसपाका उम्मेदवारलाई जिताउन दाबी गरे ।

नगरप्रमुख पदका उम्मेदवार विजयकुमार सरावगी र उपप्रमुख पदका उम्मेदवार पुरुषोत्तमलाल झाले कसैको डर, धाक–धम्कीको प्रभावमा नपरी मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा लोसपाका नेता शशिकपुर मियाँ, एमालेका नेता बसरुद्दीन अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । एमाले–लोसपाको गठबन्धनले महानगरको सुगौली, छपकैया, परवानीपुर, नगवालगायतका स्थानमा कार्यक्रम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here