प्रस, वीरगंज, २७ वैशाख/

नेकपा एमाले, पर्साको बहुदरमाई नगरपालिकाबाट प्रमुखका उम्मेदवार शिव पटेलले सोमवार प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उनले पालिकाको विकासको लागि आफू जितेपछि गर्ने कामहरूबारे सो प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्ष्Fमा आज प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले बहुदरमाई नगरपालिकामा चुनावको क्रममा केही उम्मेदवारहरूले आर्थिक प्रलोभन देखाएरमतदातालाई आकर्षित गरिरहेकामा त्यसतर्फ प्रशासन मौन रहेको आरोप लगाए ।

उनले पछिल्लो तीन दिनमा अबेर राति ११ बजे वडा नं २ को सिसियाडी र वडा नं ११ को भङ्गी साह माविनजीकको मदिरापसलमा आर्थिक प्रलोभन देखाइ मतदाता प्रभावित गर्दा स्थानीयले प्रतिकार गरेको र एक ठाउँमा चार घण्टा तनाव भएको र अर्को ठाउँमा कुटाकुट भएर केही व्यक्ति घाइतेसमेत भएको घटना हुँदा पनि प्रशासन मौन रहेको आरोप लगाए ।

उनले अहिलेको अवस्थामा यसरी आर्थिक प्रलोभनबाट मतदाता प्रभावित गर्ने काम गरेका उम्मेदवारहरू मौन अवधिमा झनै चर्को तरीकाबाट प्रस्तुत हुने हुँदा प्रशासन र निर्वाचन कार्यालयले यस विषयमा ध्यान दिनुपर्ने बताए । उनले एमाले मतदाता रिझाएर शान्तिपूर्णरूपमा मतदान सम्पन्न गर्ने कार्यमा अग्रसर भएको तर पैसाको दम्भमा चुनाव जित्ने मनसाय राखेकाहरूले आफ्नो गतिविधिलाई सोही अनुरूप ढाल्दै गएकामा चिन्ता व्यक्त गरे । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले पर्सा जिल्लाका चौधवटा पालिकामध्ये दशवटा पालिकामा एमाले विजयी हुने दाबी गरे । उनले वीरगंज महानगरमा पनि एमालेको हकमा जनलहर चलेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here