प्रस, वीरगंज, २३ वैशाख/

डिके अस्ट्रिया र पर्सागढी नगरपालिकाको समन्वयमा युवालयले पर्सागढीको बडनिहारमा दलका नेताहरू र बालबालिकाहरूबीच अन्तक्र्रिया गराएको छ ।

पर्सागढीको बडनिहारस्थित जनता माविमा आयोजित अन्तक्र्रियामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै राजनीतिक दलहरूसँग चुनावमा बालबालिकाको प्रयोग नगर्ने विषयमा प्रतिबद्धता जाहेर गराइएको थियो ।

अन्तक्र्रियामा जसपा पर्सागढी नपाका अध्यक्ष अशोक यादवले आफ्नो दलले बालबालिकाको हकअधिकार सुरक्षित गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका योजनाहरू ल्याउने प्रतिबद्धता जाहेर गरे ।

नेपाली काङ्ग्रेस पर्सागढी नगरपालिकाका उपसभापति अक्षयप्रसाद यादवले शैक्षिक गुणस्तर वृद्धिका साथै बालबालिकाका लागि आवश्यक अतिरिक्त क्रियाकलापमा दलले ध्यान दिने बताए ।

नेकपा माओवादी नगर समितिका सचिव विक्रम कार्कीले विद्यालयलाई राजनीतिदेखि टाढा राख्नुपर्ने र यसका लागि शिक्षक, अभिभावकहरूको पनि जिम्मेवारी हुने बताए । उनले बालबालिकाहरूको सर्वाङ्गीण विकासको लागि आफ्नो दल प्रतिबद्ध रहेको दाबी गरे ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य दिपेश नेपालले भोलिका भविष्य बालबालिकाहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले स्थानीय सरकारले यसबारेमा कुनै योजना नल्याएको आरोप लगाए । जनता माविका सहायक प्रअ डिल्लीराम आचार्यले शिक्षा क्षेत्रमा स्थानीय सरकार गठन भएपछि पनि खासै परिवर्तन नभएको आरोप लगाए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here