धर्मेन्द्र चौरसिया, पोखरिया, १८ वैशाख/

पोखरियामा आइतवार विभिन्न राजनीतिक दलहरूले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिएका
छन् ।

आइतवार नेपाली काङ्ग्रेस, एमाले, जसपा र नेपाल सुशासन पार्टीले पोखरिया नगरपालिकाका विभिन्न वडाहरूमा घरदैंलो गर्दै मतदातासँग भेटघाट गरेका थिए । नेपाली काङ्ग्रेसले पोनपा–९ मा आयोजना गरेको कार्यक्रममा प्रमुखका उम्मेदवार दीपनारायण रौनियार, उपप्रमुखकी उम्मेदवार रहना खातुन र वडाध्यक्षका उम्मेदवार रामबाबुू चौहानलगायतको सहभागिता थियो ।

यसैगरी, जसपाले पनि सोही वडामा गरेको घरदैंलो कार्यक्रममा वर्तमान उपप्रमुख सलमा खातुन, प्रमुखका उम्मेदवार राजुसाह कानू, उपप्रमुखकी उम्मेदवार रेणु देवी र वडाध्यक्ष पदका उम्मेदवार अलताफ आलमलगायतको सहभागिता थियो ।

यस्तै, नेपाल सुशासन पार्टीले पनि आज सोही वडामा घरदैंलो गरेको छ । सो दलबाट प्रमुख पदका उम्मेदवार शङ्कर यादव, उपप्रमुख पदकी उम्मेदवार वीणा देवी र वडाध्यक्ष पदका उम्मेदवार नौशाद आलमलगायतको सहभागिता थियो ।

एमालेले भने वडा नं ४ मा घरदैंलो गरेको  थियो । प्रमुख पदका उम्मेदवार प्रद्युम्न चौहान, उपप्रमुख पदकी उम्मेदवार रूवि ठाकुर र वडाध्यक्षका उम्मेदवार जोगिन्द्र साह रौनियारको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here