प्रस, वीरगंज, १७ वैशाख/
नेकपा एमाले वडा कमिटी–५ ले शनिवार कुम्हाल टोलमा महिलाहरूलाई सम्मान गरेको छ । मातातीर्थ औंसीको अवसर पारेर शनिवार आमाको मुख हेर्ने दिनमा खुशियाली साटासाट गरेको थियो ।
कार्यक्रममा सांसद विमलप्रसाद श्रीवास्तवले वीरगंज महानगरपालिकामा सबैको हित गर्ने काम एमाले र लोसपाको गठबन्धनले मात्र गर्न सक्ने दाबी गरे ।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटाले वीरगंजलाई समृद्ध बनाउनको लागि एमाले नेतृत्वमा मात्र सम्भव भएको बताइन् ।
कार्यक्रममा प्रमुखका उम्मेदवार सरावगी, उपप्रमुखका उम्मेदवार झाले सबै प्रकारका समस्या समाधान गरी वीरगंजलाई आधुनिक समाजको आवश्यकता अनुसारको प्रविधि र सबै क्षेत्रको समान विकासको लागि आफूहरूको गठबन्धनलाई निर्वाचित गर्न आवश्यक रहेको बताएका थिए । वडाध्यक्षका उम्मेदवार प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदीप सिंह ठकुरी, केशव भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।