प्रस, वीरगंज, १७ वैशाख/

सङ्घीय शिक्षक फोरम नेपाल वीरगंज महानगरपालिकाको आयोजनामा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने सम्बन्धमा छलफल भएको थियो ।

शिक्षक फोरम नेपाल वीरगंज महानगर समितिका अध्यक्ष गयाप्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुखका उम्मेदवार राजेशमान सिंहले बौद्धिक वर्गसँग समन्वय गर्दै महानगरमा विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको दाबी गरे ।

उनले शिक्षामा भ्रष्टाचार गरेर शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाएको हुँदा शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने घोषणा गरे ।

शैक्षिक माफियाहरू सलबलाएको र विनाकाम शिक्षकहरूको सरुवा र बढुवा गराएर दुःख दिने परिपाटीको अन्त्य गर्नका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने उनले बताए । सरकारी विद्यालयको शिक्षालाई निवर्तमान नगरप्रमुख सरावगीले व्यापार बनाएको उनले आरोप लगाए । उनले वीरगंज महानगरमा जसपाको नेतृत्व भए सरकारी विद्यालयमा लाग्ने सम्पूर्ण अनावश्यक शुल्कलाई हटाएर सबैको पहुँचमा शिक्षा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दी, सांसद प्रदीप यादव, नेका उपप्रमुख प्रत्याशी इम्तियाज आलम, जसपाका केन्द्रीय सदस्य जनार्दनप्रसाद यादव, नेका नेता श्याम पोखरेल, प्रकाश उपाध्याय, पिङ्कीदेवी यादव, नेत्री अन्नपूर्ण मानन्धर, जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here