प्रस, वीरगंज, १६ वैशाख/

पर्सा जिल्लामा २७ हजार ३४४ जना लागूऔषध प्रयोगकर्ता रहेको र तीमध्ये एक हजार ३६५ जनाले सिरिन्चबाट तथा बाँकी २५ हजार ९७५ जनाले मुखबाट लागूऔषध प्रयोग गर्दै आएको बताइएको छ ।

विद्यार्थी जागरण मञ्च (विजाम)का कार्यक्रम संयोजक उषाकिरण चौधरीले शुक्रवार सरोकारवालाहरूसँगको बैठकमा सो कुराको जानकारी गराएकी हुन् ।

बैठकमा विजामका अनुगमन तथा मूल्याङ्कन अधिकृत तपेन्द्र शाहीले पर्सा जिल्लाका चौधवटा पालिकामा २७ हजार ३४४ जना लागूऔषध प्रयोगकर्ता रहेको र उनीहरूमध्ये सिरिन्जबाट लागूऔषध प्रयोग गर्नेहरूलाई मात्र विजामले निगरानीमा राखेको बताए ।

विजामले लागूऔषध प्रयोगकर्ताहरूबाट एचआइभी सङ्क्रमितको सङ्ख्यामा वृद्धि नहोस् भनेर उनीहरूलाई दैनिक सिरिन्जको व्यवस्था गरेको उनले जानकारी गराए ।

लागूऔषध प्रयोगकर्तामध्ये ३०–४० वर्ष उमेरका ८५ प्रतिशत र सोमुनि तथा सोमाथिका १५ प्रतिशत रहेको जानकारी गराइएको थियो । पर्सा जिल्ला र खासगरी वीरगंज महानगरपालिकामा लागूऔषध प्रयोगकर्ताहरूमध्ये विद्यार्थीहरूको सङ्ख्यामा अचाक्ली वृद्धि भएको उनले बताए । साथीसङ्गतबाट लागूऔषध प्रयोगकर्ताहरूको सङ्ख्या बढिरहेको र सोको नियन्त्रण गा¥हो हुँदै गएको उनले बताए ।

लागूऔषध प्रयोगकर्ताहरूबाट एचआइभी सङ्क्रमण नपैmलियोस् भनेर विजामले काम गरिरहेकोले सङ्क्रमण सङ्ख्या नियन्त्रणमा रहेको उनले बताए । नारायणी अस्पतालका स्टाफ नर्स इन्चार्ज सरिता श्रेष्ठले पर्सा, बारा, रौतहट र सर्लाहीसमेत गरी एक हजार ५७५ जना एचआइभी सङ्क्रमित रहेको बताइन् । उनले एचआइभी सङ्क्रमितमध्ये सरकारको नीति अनुसार आधा जतिले स्वास्थ्य बीमा गराइसकेको बताइन् ।

नेपाल आराधनाका कार्यक्रम संयोजक अवधेशकुमार साहले स्वास्थ्य बीमा गराएका सङ्क्रमितहरूले नारायणी अस्पतालबाट सेवासुविधा नपाएको गुनासो गरे । उनले अस्पतालका चिकित्सकहरूले सङ्क्रमितहरूको उपचार नगर्ने र उनीहरूलाई अन्यत्र रेफर पनि नगर्ने  आरोप लगाए । सङ्क्रमितहरूलाई रेफर गर्दा कारणसहित लेख्नुपर्नेमा चिकित्सकहरूले सो नगरी सीधा रेफर गर्ने गरेकाले रेफर हुने ठाउँमा पनि समस्या झेल्नुपरेको उनको भनाइ थियो । साहले नारायणी अस्पतालका जिम्मेवार चिकित्सकहरूले सङ्क्रमितहरूको शल्यक्रिया नगर्ने गरेको र अस्पतालबाट स्वास्थ्य बीमा गराएकाहरूलाई पनि औषधि उपलब्ध हुन नसकेको दुःखेसो पोखे ।

वीरगंज महानगरका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरको अध्यक्ष्Fतामा भएको बैठकमा प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाल, जिल्ला प्रहरी कार्यालय, पर्साका आशिष गुरागाईं, डा नीरजकुमार सिंह, सहयात्री समाजका जटाशङ्कर साह, सानो पाइलाका राजकुमार तामाङ, विनय तामाङलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here