• सञ्जय साह मित्र

मध्य वैसाख हो, गर्मी त भइहाल्छ नि १ यो नौलो कुरो होइन । तर यसपटक गर्मीको स्वभाव बडो चुलबुले देखिएको छ । दुई दिन गर्मी चढ्छ र फेरि शीतल हुन्छ । गर्मीको दुई पाइला अगाडि र एक कदम पछाडि सार्ने रणनीतिले गर्मी बढ्न सफल भइरहेको छ । गर्मी बढ्ने क्रममा कुनै दिन दिउँसो यति धेरै गर्मी हुन्छ कि गर्मीले जनजीवन उकुसमुकुस भइदिन्छ । गर्मीले जनजीवन प्रभावित हुँदा घरबाट निस्कन गा¥हो भइरहेको छ । गर्मीले हावा पनि तातो भइदिंदा त्यसले पनि गर्मी बढाउने किसिमको वातावरण घरभित्रै सिर्जना गरिदिन्छ ।

यसपटक जाडो अलिक बढी नै भएको थियो । त्यसै बेला सर्वसाधारणले यसपटक गर्मी पनि अलिक बढी नै हुने अनुमान लगाएका थिए । सर्वसाधारणको अनुमानलाई गलत साबित गर्दै वैशाख महीनामा जति गर्मी हुनुपर्ने हो त्यति गर्मी छैन । यसपटक वैशाखको पूर्वाद्र्धमा साँच्चीकै अपेक्षित गर्मी भएको छ र अपेक्षित गर्मीले जनजीवन प्रभावित पारेको छ । वैशाखको प्रारम्भमा गर्मी केही कम थियो तर बिस्तारै आफ्नो रङ र रूप देखाउन शुरू ग¥यो । गर्मीले सामान्यतया जुन जुन क्षेत्रमा प्रभाव पार्नुपर्ने हो, जसरी प्रभाव देखाउनुपर्ने हो, त्यसरी प्रभाव देखाइरहेको छ । यसलाई गर्मी मौसमको स्वाभाविक चरित्र पनि भन्न सकिन्छ । गर्मीको मौसममा गर्मी त हुनु नै पर्छ ।

साँच्चीकै वैशाख महीना लागेपछि जसरी गर्मी बढ्दै गएको छ, त्यसरी नै चुनावी सरगर्मी पनि बढ्दै गएको छ । मौसम तातिएजस्तै चुनावी मौसम पनि तात्दै गएको छ । यसपटक चुनावको समयमा पालिका तहमा नेताले जति दलीय अनुहार, मौसमले पनि फेरेन होला । एउटै व्यक्ति बिहान एउटा दलमा, दिउँसो अर्को दलमा र राति फेरि अर्को दलमा पनि गएको देखियो । दलहरूले पनि मौसमभन्दा बढी परिवर्तनशील आफूलाई बनाएर देखाएको अर्को सत्य पनि हो । कतिपय पालिकामा कस्तो देखियो भने एउटै वडाध्यक्ष पदका लागि नौजनाको नाम सिफारिश भयो । सिफारिश नौजनाको गर्न कत्रो नौटङ्की भएको थियो तर टिकट दिने बेला नौजनालाई छाडेर अर्कोले पायो । अर्कोले टिकट कसरी पायो भने ऊ अर्को पार्टीबाट टिकटकै लागि ऊ त्यस पार्टीमा आएको थियो । अझ कतैकतै त कतिसम्म देखियो भने जितेको उम्मेदवारको सिफारिश नै भएन । सिफारिश नगरे पनि टिकट उसैले पायो र जसको सिफारिश भएको थियो ऊ चाहिं पार्टी छोडेर भाग्यो । दलहरूको गज्जबको तर्क र गज्जबको नैतिकता देखियो । एकल सिफारिशमा परे पनि सिफारिशमा नपरेको नामलाई टिकट दिंदा एकल सिफारिशको मानमर्दन भयो कि भएन ? यस्तो अवस्थामा कतिपयले के आरोप लगाए भने जुन मानिसको सिफारिश भएको हो, उसको नाममा टिकट नआएपछि उसले त्याग र समर्पण देखाउनुपर्छ । नैतिकरूपमा यो कुरा त्यति खराब पनि होइन, राम्रै मान्न सकिन्छ तर टिकट पाउनेले अनेक तालमेल गरेर प्राप्त गरेको कुरा प्रत्यक्ष्Fरूपमा सार्वजनिक हुँदा इमानदार र त्याग वा समर्पणको आशा गरिएको पात्रको मनमा कस्तो बितेको होला ? धैर्य, त्याग, समर्पण भन्ने कुरो एकातर्फी एकजना इमानदार कार्यकर्ताको लागि मात्र हुने हो ? यस्ता कार्यकर्ताले मैले टिकट पाउँदैछु भनेर समाजमा कतिजनालाई भनिसकेको हुनुपर्छ, निर्णयमा संलग्नले पनि कतिजनालाई बताइसकेको हुनुपर्छ र यसरी एकबाट अनेकमा गइसकेको निर्णयको कुरो जब नतीजामा अर्को बनेर आउँछ, तब उनको मानसम्मान, सामाजिक प्रतिष्ठा तथा स्वाभिमानमा पनि चोट पुग्छ होला । यस कारण पार्टी बदलेर अर्को पार्टीमा गई उम्मेदवार बनेको देखाउनु बाध्यात्मक अवस्था बन्न पुग्छ । हो, चुनावमा उम्मेदवार बन्नु र निर्वाचित हुनु दुई फरक कुरा हो । कुनै पनि पार्टीले आफ्नो उम्मेदवार जिताउन चाहेको हुन्छ तर जिताउने ग्यारेन्टी भने लिंदैन । यो ग्यारेन्टी त कसैले लिन सक्दैन । मतदाताले जसलाई आफ्नो मत दिन्छ, उही विजयी हुन्छ । हरेक उम्मेदवार विजयी हुन खोजेको हुन्छ । तर विजयी एकजना मात्र हुन्छ । विजयी हुनेले आफू किन विजयी भएको भनी विश्लेषण गर्दा आफूमा गुणैगुण देख्दछ र पराजित हुनेले आफूमा कमजोरी नै कमजोरी पनि देख्न सक्छ । दुवै कुरा स्वाभाविक हो, किनभने सबल र दुर्बल पक्ष सबैमा हुन्छ ।

चुनावी सरगर्मी त गत दुई महीनादेखि नै बढेको हो । धेरै दलका ठूला मानिस अर्को दलमा किन गए भने त्यहाँ चुनाव जित्छु भन्ने विश्वास थियो । चुनाव जित्ने कुरामा विश्वास हुँदाहुँदै पनि कतिपयले किन पार्टी छोडे भने टिकट दिने ठाउँमा आफ्नो पहुँच कमजोर हुने सम्भावना थियो । कमजोर उम्मेदवारले टिकट पाउने अवस्था ठूला दलमा नरहेको धेरैले महसूस गरेकै हुन् तर यो पूर्ण सत्य चाहिं होइन । यद्यपि टिकटको खेलले धेरैलाई खेलाएको र खेल बुझ्न नसकिने बनाएको हो । अहिले राम्ररी हेर्ने हो भने धेरै मानिस यस्ता छन् जो विगतमा आफ्नो पालिकामा राम्रो मत ल्याएर प्रमुख पदमा जितेका थिए तर अहिले पार्टीले टिकट नै दिएन । यस्तामध्ये थोरै मानिस मात्र शान्त छन् भित्रभित्रै आक्रोशित भए पनि, तर अधिकांश भने देखाउनकै लागि भए पनि अर्को दलमा गएर उम्मेदवार बनिसकेका छन् । अर्को दलले पत्याएर उम्मेदवार बनाइसकेको छ पनि । अहिले पछिल्लो चरणमा के कुरा अलिक बढी सुनिन आएको छ भने उम्मेदवार उसलाई बनाउनुपर्छ जसमा जित्ने ल्याकत छ । होला, केही हदसम्म यो सही पनि हुन सक्छ तर हरेकजसो पार्टीमा टिकट नपाउनेले विद्रोह गरेका छन् । कतिपयले के विश्लेषण गरेका छन् भने यसपटकको चुनावमा जस्तो फेरबदल अर्थात् दलबदल विगतमा कहिल्यै पनि भएन । ठूला भनिएका कुनै पनि दल यस्ता रहेनन् जहाँ सबैले इमानदारीपूर्वक उम्मेदवार चयन गरिएको कुरामा शतप्रतिशत विश्वास गर्न सकियोस् । आखिरमा यति अविश्वास किन ?

लोकतन्त्रमा राजनीतिक दल र कार्यकर्ता दुवै नीति र सिद्धान्तप्रति प्रतिबद्ध हुनुपर्छ । यदि दलमा इमानदारी र कार्यकर्तामा नैतिकता भएन भने दल र कार्यकर्ता दुवैप्रति समाजमा अविश्वास हुन्छ । अहिले यही भएको छ । दल र कार्यकर्ता दुवैप्रति दुवैतर्फबाट अविश्वास बढेको छ । यसले गर्दा कहिलेसम्म को, कुन दलमा टिक्छ भन्ने छैन । यही अवस्थामा हाम्रो पालिका तहको निर्वाचन भइरहेको छ । एउटा पार्टीमा जीवन समर्पण गरेका मानिस अर्को दलमा पुगेर चुनाव लड्दा तिनको राजनैतिक स्कूलिङ र नैतिक व्यवहार दुवै फरक हुन्छ नै । जनताले कति पत्याउने हो यस महीनाको अन्त्यसँगै थाहा हुन्छ । फेरि सबै उस्तै हुन् । कतै न कतै त भोट दिनुपर्ने नै हुन्छ । दल बदल गर्ने नेताहरूले यताबाट नभएपछि उताबाट चुनाव लडेर लोकतन्त्रलाई बलियो बनाएको अवश्य हो तर अब फलानो मानिस फलानो दलको हो र फलानो व्यक्तिको निजी जीवन र विचार फलानो दलकै सिद्धान्त अनुसार रहेको छ भन्ने कुरो अब त्यति पत्याइरहनु पर्ने बाध्यता नागरिकसामु रहेन । जब एक छिनमा दल बदलेर अर्को चुनाव चिह्न लिन पुग्छन् भने तिनका चुनावी प्रतिबद्धता र घोषणापत्रप्रति कसरी विश्वास गर्ने होला ?

जे होस्, नीति र सिद्धान्तलाई दल र कार्यकर्ता दुवैले धोती लगाउँदै गएपनि राजनीतिक सरगर्मी निकै बढेको छ । अब मानिसको अनुहार र तिनका समर्थकहरूको हुल देखेर कुन पार्टीको लागि भोट माग्लान् भनेर चिन्न सकिने अवस्था रहेन । तिनले आफूलाई परिचित गराउन पार्टीको चुनाव चिह्न भएको झन्डा बोकेको हुनुपर्छ र उम्मेदवारहरूले म यो चिन्ह बोकेको र आफैं उम्मेदवार भएको भए पनि फलानो चुनाव चिह्नमा भोटि दिनुहोला भनेर पनि बोल्न बेर लाग्ने छैन किनभने हार खाने निश्चित भएपछि आफैंलाई कुनै उम्मेदवारसित बेचेर चुनावको खर्च निकाल्न वा केही नाफा कमाउन पनि सक्छन् । चुनावको समयमा यस्ता अपत्यारिला तथा अकल्पनीय दृश्यहरू बजारमा जति भने पनि हेर्न पाइन्छ । यही अवस्थाबीच चुनावी सरगर्मी बढेको छ । वैशाखको गर्मी र चुनावी सरगर्मी एक साथ बढिरहँदा देशको अर्थतन्त्रमा चुनावपछि कस्तो असर पर्ने हो भन्ने परिणाम आउन त केही समय लाग्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here