माधव तिमल्सिना, ठोरी, १३ वैशाख/

आसन्न स्थानीय तहको निर्वाचनमा ठोरी गाउँपालिकामा २७ पदका लागि ११७ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

वैशाख ११ र १२ गते दुर्ई दिनमा गापाध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य पदमा प्रतिस्पर्धा गर्न ११७ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वैशाख ३० गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेकपा (एकीकृत समाजवादी) तथा स्वतन्त्रसहित ११ जनाले  गापा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

गापा अध्यक्षमा नेकपा एमालेबाट लालबहादुर श्रेष्ठ, नेकाबाट बृहस्पतिकृष्ण श्रेष्ठ, नेकपा माओवादीबाट पद्मलाल श्रेष्ठ, जसपाबाट विष्णु लोप्चन, लोसपाबाट खड्गबहादुर श्रेष्ठ, राप्रपाबाट दलबहादुर कार्की र नेकपा (एस)बाट गङ्गाबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने नातिकाजी सुनार, रूपबहादुर श्रेष्ठ, रत्न तामाङ र मोहन मगरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको ठोरीका निर्वाचन अधिकृत शिवराज न्यौपानेले जानकारी दिए ।

गापा अध्यक्षमा पुरुष उम्मेदवार उठाएका सबै दलले उपाध्यक्षमा भने महिला उठाएका छन् । ठोरी गापाको उपाध्यक्ष पदमा मुख्य चार दलले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेगरी महिला उम्मेदवार उठाएका छन् । 

गापा उपाध्यक्षमा काङ्ग्रेसबाट चीनमाया लामा, एमालेबाट गोकुली रेग्मी, माओवादी केन्द्रबाट निरु तामाङ, जसपाबाट धना पण्डितले उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय, ठोरीले जनाएको छ । माओवादीबाट उपाध्यक्षमा उठेकी तामाङ केही समयअघि एमाले त्यागेर माओवादीमा प्रवेश गरेकी हुन् भने जसपाबाट उपाध्यक्षमा उठेकी धना पण्डित हालै माओवादी केन्द्र त्यागेर जसपामा प्रवेश गरेकी थिइन् ।

पाँचवटा वडा रहेको ठोरी गापामा एमाले, नेका र जसपाले सबै वडामा अध्यक्ष पदमा उम्मेदवार उठाएका छन् भने नेकपा माओवादी केन्द्रले वडा नं १ बाहेक अन्य वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । उसले तीन सदस्य लिंदै वडा नं १ मा काङ्ग्र्रेसबाट वडाध्यक्ष उम्मेदवार नवराज फुँयाललाई सघाउने गरी गठबन्धन गरेको नेका, ठोरीका सभापति सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नं १ मा दलित महिला सदस्यसहित तीनजना उम्मेदवार माओवादी केन्द्रका र महिला सदस्य र वडाध्यक्षमा काङ्ग्रेसका उम्मेदवारलाई एकअर्काले सघाउने गरी गठबन्धन गरेको हो । सोही वडामा एमालेबाट धनमान थापा (राजेश) र जसपाबाट रामप्रकाश कुँवरले उम्मेदवारी दिएका छन् । जसपाका उम्मेदवार कुँवर केही दिनअघि माओवादी केन्द्र त्यागेर जसपामा प्रवेश गरेका उनी निवर्तमान वडाध्यक्षसमेत हुन् ।

वडा नं २ मा  माओवादीबाट यादवराज कुँवर, एमालेबाट नरबहादुर  क्षत्री, काङ्ग्रेसबाट अमृतकृष्ण सापकोटा तथा जसपाबाट केशव पन्तको वडाध्यक्ष पदमा उम्मेदवारी परेको छ । यस्तै, जसपाका उम्मेदवार पन्त काङ्ग्रेस त्यागेर जसपाबाट टिकट हात पार्न सफल भएका छन् ।

टिकट वितरणमा असन्तुष्ट सो वडाका नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूले बागी उम्मेदवारका रूपमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । वडाध्यक्ष पदमा एमालेका  देवजङ्ग पण्डित र काङ्ग्रेसका अर्जुनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका हुन् ।

वडा नं ३ को अध्यक्षमा माओवादीले निवर्तमान वडाध्यक्ष सूर्य लामालाई दोहो¥याएको छ भने काङ्ग्रेसबाट पन्नालाल विष्ट र एमालेबाट यसअघिका उम्मेदवार शम्भु खड्का उठेका छन् । यस्तै, सो वडामा राप्रपाबाट रामबहादुर खड्का, जसपाबाट भीमबहादुर पाख्रिन र स्वतन्त्रमा रामकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार श्रेष्ठ माओवादी केन्द्रबाट टिकट नपाएपछि बागी उठेका हुन् ।

उता वडा नं ४ मा जसपाका रामबहादुर पाख्रिनबाहेक तीनवटै मुख्य दलले युवा उम्मेदवारहरूलाई वडाध्यक्षमा उठाएका छन् । एमालेबाट मानबहादुर थिङ (रोकेन), काङ्ग्रेसबाट टीकाराम (हीरा) श्रेष्ठ, माओवादीबाट उम्मेदवार बनेका सागर लामा तीनैजना ३५ वर्षभन्दा कम उमेरका युवाहरू हुन् ।

यस्तै, वडा नं ५ को अध्यक्षमा काङ्ग्रेसबाट विमल खड्का, एमालेबाट सुन लामा, माओवादीबाट अष्टबहादुर लोप्चन, जसपाबाट विमल प्रधान र लोसपाबाट सन्तोष मोक्तानले उम्मेदवारी दिएका छन् । लोसपाबाट वडाध्यक्ष पदका प्रत्याशी बनेका लोसपाका उम्मेदवार मोक्तान ठोरीमा सबैभन्दा कान्छो उमेरको उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय, ठोरीले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको उम्मेदवारी सूचीमा उनको उमेर ३० वर्ष उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here