प्रस, वीरगंज, १३ वैशाख/
स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाका ३२ वटा वडाका अध्यक्षमा नेपाली काङ्ग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।
वीरगंज महानगर–१ को अध्यक्षमा ओमप्रकाश गुप्ता, २ मा महम्मद रेयाज मन्सुरी, ३ मा अनवर हुसैन, ४ मा जगतसाह कानू, ५ मा हुकुम सिंह राजपूत, ६ मा दिनाप्रसाद गुप्ता, ७ मा हीराकाजी महर्जन, ८ मा राजेन्द्र श्रेष्ठ, ९ मा जवाहरप्रसाद गुप्ता, १० मा रामनगीनाप्रसाद कानू, ११ मा महेश्वरलाल महतो, १२ मा जवाहरलाल साह, १३ मा शेख रुस्तम, १४ मा राजेश पटेल, १५ मा गजेन्द्र पटेल, १६ मा मनोजकुमार जयसवार, १७ मा ओमकृष्ण लामिछाने, १८ मा ब्रह्मदेवप्रसाद कुर्मीले सोमवार उम्मेदवारी दिएका थिए ।
यसैगरी, वडा नं १९ मा मुकेश चौरसिया, २० मा सुरेन्द्रप्रसाद यादव, २१ मा जतनराउत कुर्मी, २२ मा द्वारिका महतो, २३ मा ध्रुप राय, २४ मा दशरथ पटेल, २५ मा भैयाराम पटेल, २६ मा शम्भु मिश्र, २७ मा हृदयनारायण राउत कुर्मी, २८ मा सरयुग महतो, २९ मा ओकील मियाँँ, ३० मा अली हुसैन मियाँ, ३१ मा चुमनदास चौधरी, ३२ मा रामबालक महतोले उम्मेदवारी दिएको उल्लेख छ ।
छिपहरमाई गापाको अध्यक्षमा नेकाबाट सिंहको उम्मेदवारी
नेपाली काङ्ग्रेसबाट छिपहरमाई गाउँपालिकाको अध्यक्षमा नवीन सिंह र उपाध्यक्षमा लीलावतीदेवी कानूले मनोनयनपत्र दर्ता गराएका छन् ।
सोमवार उनीहरूले निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गराएको नेका, पर्साका प्रवक्ता रमेश पाण्डेयले बताएका छन् ।