प्रस, वीरगंज, १३ वैशाख/
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीकी पत्नी जलेखा खातुनले जगरनाथपुर गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
खातुनले सोमवार निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गराएकी हुन् । उनले पति मुख्यमन्त्री रहेको जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
यसअघि जसपाबाट गत स्थानीय चुनावमा बिसमिल्लाह खातुन विजयी भएकी थिइन् । यसपटक उनलाई टिकट नपाउने भएपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरी सोही पार्टीबाट उम्मेदवार बनेकी छन् ।