प्रस, पोखरिया, १३ वैशाख/

पोखरिया नगरपालिकामा सोमवार एकै दिन ३२ क्विन्टल बोइलर कुखुराको मासु खपत भएको
छ ।

पोखरियामा बोइलर कुखुराका दुईवटा थोक विक्रेता र १२ वटा मासुपसलहरू छन् । यी ठाउँबाट एकै दिन ३२ क्विन्टल बोइलर कुखुरा खपत भएको हो । हिजो स्थानीय तह निर्वाचनको लागि मनोनयनपत्र दर्ताको अन्तिम दिन थियो । पहिलो दिन खासै बिक्री भएन तर दोस्रो दिन भ्याइनभ्याइ भएको कुखुरापसले गौरीशङ्कर साहले बताए । उनले एकैजनाले सो परिमाणको कुखुराको मासु दिन नसकेको कारण १२ वटै पसलेले दामासाही जिम्मेवारी वहन गरेका थिए ।

एउटा दलले पाँचदेखि सात क्विन्टलसम्म कुखुराको मासु खरीद गरेको थियो । मनोनयनपत्र दर्ता गर्न आएकाहरू र आफ्ना कार्यकर्ता, शुभचिन्तकहरूलाई खुवाउनको लागि पोखरिया नगरपालिकामा मात्र यतिधेरै बोइलर कुखुरा बिक्री भयो भने अन्य १३ वटा पालिकामा कति बिक्री भयो सहज अनुमान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here