प्रस, वीरगंज, १२ वैशाख/

पर्सा, बारामा स्थानीय तहको चुनावको क्रममा सोमवार उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन पेट्रोलपम्पमा भीड लागेको थियो।

मुख्य दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीलगायतका दलबाट स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलगायतको पदमा उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलका साथ नेताहरू पुगेका थिए।

गाउँबाट भोजभतेर गरी मनोनयन दर्ता गर्न नेता, कार्यकर्ताहरू निर्वाचन कार्यालय जाँदा बाटोमा पर्ने पेट्रोलपम्पमा पेट्रोल, डिजेल भर्नेहरूको भीड लागेको थियो। सम्बन्धित उम्मेदवारले पैसा खर्च गरेर इन्धनको जोहो गरेका कारण पेट्रोलपम्पमा नेता, कार्यकर्ताहरूले इन्धन भराएका थिए। पर्सा, बाराका मुख्य सडक छेउछाउका अधिकांश पेट्रोलपम्पमा सयौंको सङ्ख्यामा भीड लागेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here