प्रस, परवानीपुर, १२ वैशाख/
नेपालकै सबैभन्दा सानो गाउँपालिकाको रूपमा चिनिने बाराको परवानीपुरमा आगामी स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले सोमवार उम्मेदवारी दर्ता गराएका छन्।
परवानीपुरस्थित भोजभगत माविमा तोकिएको निर्वाचन कार्यालयमा बाजागाजासहित राजनीतिक दलका उम्मेदवारहरू पुगेर उम्मेदवारी दर्ता गराएका थिए। नेकपा एमालेबाट परवानीपुर गापाको अध्यक्षमा रामक्षत्रीप्रसाद कुर्मी, उपाध्यक्ष्Fमा सुगान्धी देवी, वडा नं १ को अध्यक्षमा उमेश मण्डल, २ मा नूर महम्मद, ३ मा इब्राहिम मियाँ, ४ मा गजेन्द्र पटेल, ५ मा रामेश्वरप्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीबाट गापा अध्यक्ष्Fमा जगतनारायण महतो, उपाध्यक्षमा सावित्रीदेवी पटेल, वडा नं १ को अध्यक्षमा मिश्री महतो धानुक, २ मा जवाहर महतो, ३ मा अनिल राम, ४ मा गम्भीरा पटेल, ५ मा सुरेश पटेलले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली काङ्ग्रेसबाट गापा अध्यक्षमा लालबाबू यादव, उपाध्यक्षमा पूनम चौहान, वडा नं १ को अध्यक्षमा चोकट महतो, २ मा राजेन्द्र साह, ३ मा दीपक यादव, ४ मा महन्त राम, ५ मा प्रभु पटेलले उम्मेदवारी दर्ता गराएका छन्।
जसपाबाट गापा अध्यक्ष्Fमा सञ्जु साह, उपाध्यक्ष्Fमा बिन्दुदेवी पटेल, वडा नं १ को अध्यक्षमा देवलालमहतो धानुक, २ मा सुरेशलाल साह कानू, ३ मा आनन्द यादव, ४ मा श्रवण यादव, ५ मा रामेश्वर कलवारले उम्मेदवारी दर्ता गराएका छन्।
जसपाबाट गापा अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने सञ्जु यसअघि लोसपाको निर्वाचित कार्यपालिका सदस्य थिए। उनले गापा अध्यक्षको लागि लोसपा छाडेर जसपामा प्रवेश गरेका थिए।