प्रस, वीरगंज, १२ वैशाख/
इद पर्वको अवसरमा सामुदायिक सेवा केन्द्रलगायत विभिन्न सङ्घसंस्थाहरूले सोमवार वीरगंज महानगर–२ छपकैयामा विपन्न महिलाहरूलाई कुर्ता सुरुवाल वितरण गरेका छन्।
वुमन्स क्रिएशन, संस्कार संस्था र राइजिङ वीरगंजले इदको अवसरमा विपन्न महिलाहरूलाई ८० थान कुर्ता सुरुवाल वितरण गरेको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका ग्यासुद्दीन ठकुराई, वुमन्स क्रिएशनकी अध्यक्ष हेमा अग्रवाल, रेणु अग्रवाल, अवधेश मुस्तुफालगायतको सहभागिता थियो।