प्रस, जनकपुर, १२ वैशाख/

असहाय संरक्षण मञ्च नेपालका अध्यक्ष बैधनाथ साहले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखको लागि उम्मेदवारी दर्ता गराएका छन्।

सोमवार साहले जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दिएका हुन्। १५ वर्षदेखि नगरमा सरसफाइको काम गर्दै आएका उनले जनकपुरधामलाई पर्यटकीयस्थल बनाउने योजनाका साथ उम्मेदवारी दिएको बताइन्छ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका काङ्ग्रेस सभापति पदबाट राजीनामा दिएर मनोज साहले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्।  नेकाले टिकट नदिएपछि असन्तुष्ट भएर उनले स्वतन्त्रतर्फबाट जनकपुरको प्रमुख पदको लागि उम्मेदवारी दिएको बताए।

यसैगरी, जनता समाजवादी पार्टीबाट लालकिशोर साहले जनकपुरधामको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनमा जसपाको भागमा नगरप्रमुख परेपछि जसपाले निवर्तमान नगरप्रमुख लालकिशोर साहलाई नै उम्मेदवार बनाएको हो।

यसैगरी, जनकपुरको प्रमुख पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मनोजकुमार चौधरी र उपप्रमुखमा रीताकुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here